Headlines News :
Home » » मध्यराती बेनीमा भागाभाग, सयभन्दा बढी घरक्षति...

मध्यराती बेनीमा भागाभाग, सयभन्दा बढी घरक्षति...

Written By news on Saturday, 11 June 2016 | 21:56

म्याग्दी, ३० जेठ । म्याग्दी सदरमुकाम बेनी बजारमा शनिबार राति आएको बाढीले एक सयभन्दा बढी घर तथा पसलमा क्षति पु¥याएको छ ।

बस्तीमाथिको पाखोमा रहेको खोल्साबाट राति ११ बजेतिर आएको बाढी क्याम्पसचोक र मङ्गलाघाटका घरभित्र पसेको हो । लेदो र ढुङ्गासहितको बाढी नाली भरिएपछि फुटेर सडकबाट बग्न थालेपछि घरमा पसेको हो ।
बेनी पाखापानी सडकको आँपरुखखण्डबाट आएको बाढीले निकास पाउन नसकेपछि बजारका घर डुबानमा परेका हुन् । क्याम्पसचोकमा आएको बाढीले शिक्षामार्ग, पीपलचोक, गणेशटोल, सङ्गमचोक र न्युरोडको हुलाकचोक बैंकचोकसम्मका घर प्रभावित भएका छन् ।

मङ्गलाघाटको साइबाबा मन्दिर र तल्लो बजार क्षेत्रका घरमा पनि बाढी पसेको छ । खाद्यान्न, तरकारी, कपडा, सुनचाँदी, मोबाइल, हार्डवयर, मासु पसलका सामान बाढीले भिजेर नष्ट भएको क्याम्पसचोकका बासिन्दा गोविन्द बानियाँले बताए । बाढी नियन्त्रण र व्यवस्थापनमा प्रहरी, सेना र स्थानीयवासी खटेका थिए ।

बाढीको त्रासका कारण बेनी बजारका बासिन्दा रातभर जाग्राम बसेका छन् । ‘सुत्ने तर्खर गरिरहेका बजारवासीहरु एक्कासि ठूलो बाढी आएपछि जाग्राम बसेर रात कटाए’ क्याम्पसचोकस्थित माच्छापुच्छे बैंकका सुरक्षा गार्ड कविराम सुनारले भने ।

घर अगाडिको सडकमा करिब डेढ मिटर माथिसम्म पानी बगीरहेको छ । राति करिब दुई घन्टा लगातार परेको भीषण वर्षासँगै आएको बाढीले पु¥याएको क्षति विवरण आइतबार बिहानदेखि सङ्कलन गरिने प्रहरी निरीक्षक लोकन्द्रसिङ गुरुले बताए ।

बेनी पाखापानी सडक निर्माणका क्रममा माटो जथाभावी फाल्नुका साथै सडकको ढल व्यवस्थापनमा ध्यान नदिएकाले क्याम्पसचोक र मङ्गलाघाट बाढीको चपेटामा परेको स्थानीय बासिन्दा मुकुन छन्त्यालले बताए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger