Headlines News :
Home » » काबुलमा घाइतेहरू भन्छन्, ‘बसमा रिमोट फिट गरेजस्तो लाग्छ गाडी चालक माथि शंका

काबुलमा घाइतेहरू भन्छन्, ‘बसमा रिमोट फिट गरेजस्तो लाग्छ गाडी चालक माथि शंका

Written By news on Wednesday, 22 June 2016 | 19:57


असार ९, २०७३-

 अफगानिस्तानको काबुलमा आतंकवादी आक्रमणमा घाइते भई उपचारका लागि नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका नेपालीले उक्त आक्रमण आत्मघाती नभएको बताएका छन् ।
अफगान सरकारले एक आत्मघातीले गुडिरहेको बसमा आक्रमण गरेको बताए पनि घाइतेले घटनास्थलमा कुनै आत्मघाती हमलाकारी र उसको लास नदेखेको बताए । उनीहरूले बसमा पहिला नै बम सेट गरेर टाढाबाट रिमोटले विस्फोट गराएको हुन सक्ने बताएका छन् । उनीहरूले आत्मघाती हमलामात्र भनेर नहुने र अनुसन्धान गर्नुपर्नेसमेत बताए ।

विस्फोट भएको बसमा सवार नेपाली सुरक्षाकर्मीका सुपरभाइजर कुमारबहादुर गुरुङले एपोलो अस्पतालमा कान्तिपुरसँग भने, ‘म ड्राइभर नजिकै थिएँ । किनभने मेरो जिम्मेवारी बाटोको सुरक्षा पनि थियो । गाडीमा विस्फोट भएको केही क्षणमा म बाहिर निस्कें ।’

जतिसुकै पीडा भए पनि सुपरभाइजर भएकाले प्रहरी र कम्पनीदेखि सबैतिर खबर गर्ने दायित्व आफैंमा आइपरेको उनले बताए । नेपाली सेनाबाट २०६३ सालमा अवकाश पाएपछि एकाध वर्षबाहेक आफू अफगानिस्तानमै सेवारत रहेको उनले बताए ।

‘घटनामा मारिएका र घाइते भएकाहरूलाई हेरें तर त्यहाँ आत्मघाती हमला गर्नेको कुनै लास थिएन,’ उनले भने । उनले स्थानीय सुरक्षाकर्मीलाई खबर गर्नेदेखि घाइतेलाई उपचारका लागि लैजाने क्रममा आत्मघाती आक्रमणकारीको लास खोजेको, तर फेला नपरेको बताए । उनले आफूले सबै रुट क्लियर गरेर मात्र गाडीलाई अगाडि बढाएको समेत उनको भनाइ छ ।

गोर्खा देउराली–३ का थापाले भने, ‘गाडीमा रहँदा दायाँबायाँ सबैतिर शंकास्पद वस्तु र मान्छे हेर्ने जिम्मेवारी मेरै थियो । हाम्रो गाडी विस्फोटमा पर्दा सडकमा केही महिला र बच्चाहरू मात्र अलि परै थिए ।’

विस्फोटका कारण दायाँ कानको जाली फुटेकाले राम्रोसँग सुन्न र बोल्न नसक्ने भएका उनले आत्मघाती बम विस्फोट भएको भनिए पनि गाडीको चक्का तथा माथिल्लो भागमा केही क्षति नभएको बताए ।

‘घटना शंकास्पद छ किनभने जति पनि हाम्रा साथीहरूको मृत्यु भएको छ, उनीहरू सबैको टाउको र शरीरको अन्य भाग छुट्टिने गरी आक्रमण भएको छ,’ उनले भने ।

यदि आत्मघातीले बसबाहिर विस्फोट गराएको हो भने त्यस्तो हुनु नपर्ने उनी बताउँछन् । घाइते तथा मृतकको टाउकोमा मात्र धेरै चोट लागेको देखिन्छ । अर्का घाइते सुर्खेतका अमृत रोकाय क्षत्री पनि गाडी चालकलाई समेत शंका गर्छन् । उनका अनुसार चालकलाई सामान्य चोटपटकसमेत लागेन ।
‘पछि अस्पतालमा उसको हाउभाउ हेर्दासमेत मलाई त एकदमै शंका लाग्छ किनकि मैले पनि आत्मघाती आक्रमणकारीको लास देखिनँ,’ उनले भने । उनका अनुसार आक्रमण यस्तो ठाउँमा गरिएको, जहाँ कोही पनि स्थानीय जनताहरू थिएनन् । उनी गाडी चालकको समेत मिलेमतो हुन सक्ने बताउँछन् ।

रोकाय क्षत्रीको भने अवस्था सामान्य नै रहेको छ । यद्यपि एउटा कानको जाली फुटेका कारण उनी राम्रोसँग बोल्न तथा सुन्न सक्ने अवस्थामा थिएनन् । घाइतेहरूका अनुसार आक्रमणकारीले पश्चिमा मुलुक दूतावास तथा निकायलाई सहयोग गरेको भन्दै तारो बनाउने गरेका छन् । उनीहरूले यस अगाडि आफूहरूले सुरक्षित नै महसुस गरिरहेको बताए ।

एपोलो अस्पतालमा उपचारका लागि भर्ना भएका विराटनगरका प्रेमबहादुर क्षत्रीको भने टाउकाको पछाडि भाग र खुट्टामा चोट लागेको छ तर पनि उनको अवस्था भने सामान्य छ । त्यसैगरी म्याग्दीका चेतप्रसाद शेरचनको अवस्था पनि सुधार भइरहेको छ र उनी विस्तारै बोल्न सक्ने अवस्थामा छन् । चितवनका कृष्णकुमार देउजाको पनि स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ र उनको पनि कानमा समस्या रहेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger