Headlines News :
Home » » काबुलमा मृत्यु भएका नेपालीका परिवारलाई सरकारले अवैधानिक भएपनि बिमा र अन्य रकम गरी कूल दश लाख दिने

काबुलमा मृत्यु भएका नेपालीका परिवारलाई सरकारले अवैधानिक भएपनि बिमा र अन्य रकम गरी कूल दश लाख दिने

Written By news on Wednesday, 22 June 2016 | 19:53


अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका नेपालीका परिवारलाई सरकारले बिमा र अन्य रकम गरी कूल दश लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ।
विशेष परिस्थिति भएकाले गैर कानुनी रुपमा अफगानिस्तान गएको भएपनि त्यस्ता मृतकका परिवारलाई समेत दश लाख रुपैयाँ उपलब्ध गराउने श्रम मन्त्री दिपक बोहोराले बताएका छन्। अफगानिस्तान लगायतका गृहयुद्ध चलिरहेका अति खतराजन्य मुलुकमा जान अब रोक लगाउने निर्णय हुनसक्ने बताइएको छ। वैधानिक रुपमा नेपाल बाहिर काममा जानेले अनिवार्य रुपमा बिमा गर्नुपर्ने व्यवस्था छ। दश लाख दिइने त्यसरी जाँदा मृत्यु भए दश लाख रुपैया पाउने गरी विमा गर्नुपर्ने नयाँ व्यवस्था छ।

बैशाख अघि त्यो रकम पाँच लाख रुपैया थियो। अफगानिस्तान जाने धेरैजसो बैशाख अगाडिकै भएकाले पाँचलाख रुपैया बिमा, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कल्याणकारी कोष मार्फत दिइने तीन लाख र थप दुइ लाख गरी जम्मा दश लाख रुपैया दिइने श्रममन्त्री दिपक बोहोरा बताउँछन्। यो विशेष परिस्थिति भएकाले हामीले अबैधानिक रुपमा गएको भएपनि हरेक मृतकका परिवारलाई दश लाख रुपैया उपलब्ध गराउनेछौं दिपक बोहोरा, श्रम मन्त्री उनी भन्छन्, "अमानवीय आतंककारी आक्रमणमा मारिएको यो विशेष परिस्थिति भएकाले हामीले अवैधानिक रुपमा गएको भएपनि हरेक मृतकका परिवारलाई दश लाख रुपैया उपलब्ध गराउनेछौं।" रकम घर घरमा पुर्याइने मन्त्री बोहोराले बताएका छन्।

मारिएकामध्ये अधिकांश वैधानिक तवरले अफगानिस्तान गएको पाइएको बैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी निर्देशक निर्मला थापाले बताउँछिन्। उनी भन्छिन्, "एघार जना वैधानिक तवरमा एकजना अवैधानिक तवरमा गएको पाइएको छ।" अपेक्षा उनीहरु ब्रिटिश कम्पनी मार्फत क्यानडेली दूतावासमा काम गर्ने भएकाले रोजगारदाता कम्पनीले पनि बिमा गरेको हुनुपर्ने र त्यो वापत मृतकका परिवारले थप रकम पाउनुपर्ने अपेक्षा राखिएको छ। अफगानिस्तानजस्तै द्वन्द्को चर्को चपेटामा रहेका मुलुकहरु सिरिया र इराकमा समेत नेपालीहरु कार्यरत रहेको बताइन्छ। अति खतराजन्य मुलुकमा नेपालीको गमनलाई रोक्न पनि सरकार निर्णय गर्ने मनस्थितिमा रहेको बताइएको छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger