|
|
अनमोल केसीले आफ्नो पाँचौ फिल्ममा नयाँ हिरोइनसँग जोडी बाँध्ने भएका छन्। २० लाख पारिश्रमिक बुझ्दै साइन गरेको फिल्म ‘क्रि’का लागि निर्माण पक्षले अडिसन आवहान गरेको छ।
आठ महिनापछि फ्लोरमा जान फिल्ममा नयाँ हिरोइनलाई नै डेब्यू गराउने तय भएपछि अडिसन आव्हान गरिएको हो।
अडिसनबाट हिरोइन हुन इच्छुकका लागि मापदण्ड पनि तोकिएको छ। तोकिएको मापदण्डका अनुसार सुन्दर अनुहारका साथमा न्यूनतम ५.५ फिट उचाइ हुनुपर्नेछ। त्यस्तै उमेरको हकमा भने १८ देखी २२ वर्षको हुनुपर्नेछ।
सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको एक्सन-लभस्टोरी ‘क्रि’मा हिरोइन बन्न चाहनेहरूले २५ जुन देखी २५ अगस्टसम्म आफ्नो वायोडाटा मेल गर्न सक्नेछन्।
हिरोइनको खोजी चल्दै गर्दा अनमोल केसी आफ्नो अगामी फिल्मका लागि ७ महिना लामो ट्रेनिङ्मा जाने भएका छन्। उनले यस अवधिमा डान्स, फाईट र जिम गरेर आफूलाई तयार पार्नेछन्। फिल्मका लागि उनले सिक्स प्याक बनाउन लागेको बताइन्छ।
फिल्मलाई भुवन केसी र सुभाष गिरीले संयूक्तरूपमा निर्माण गर्न लागेका हुन्।
|
|
Post a Comment