Headlines News :
Home » » के–के गरे पूर्व युवराज पारसले दुई साताको खप्तड बसाईमा ? फोटोफिचर

के–के गरे पूर्व युवराज पारसले दुई साताको खप्तड बसाईमा ? फोटोफिचर

Written By news on Saturday, 25 June 2016 | 23:11


कोहलपुर –
 पूर्व युवराज पारस शाह खप्तडबाट कोहलपुर आईपुगेका छन् । दुई साता पहिले सुदुर पश्चिम पुगेका पारस १० दिन खप्तडमा बिताएर काठमाडौं फर्कने तयारी संगै आइतबार कोहलपुर आईपुगेका हुन् ।
बर्षेनी खप्तडमा हुने गंगादसहरा मेलाका लागी गएका भनिएपनि पारस गंगादसहरा मेलाको तेस्रो दिन असार ३ गते मात्र खप्तड पुगेका थिए । डोटिको झिंग्राना हुँदै खप्तड पुगेका पारसको साथमा बहिनी शिताष्मा राज्य लक्ष्मी शाह, उनका नजीकका मित्र योगी ब्यग्र बेदनाथ, राजेश बहादुर सिंह लगाएतका ब्यक्तीहरु खप्तड पुगेका थिए ।

बिभिन्न गतिबिधीले चर्चामा आईरहने पूर्व युवराज पारस शाहको पछिल्लो समयको खप्तड भ्रमण पनि चर्चामा रह्यो । एकाएक उनि लामो समय बस्नेगरि खप्तड पुगेपछि बिभिन्न ब्यक्ती र सञ्चार माध्यमले उनको भ्रमणबारे चासो देखाएका थिए भने पूर्व युवराजको सुदुरपश्चिम भ्रमणले सुदुर पश्चिमका जनता उत्साहित भएका थिए ।
पारसलाई सुदुर पश्चिमका जनताले स्वागत गर्नुका साथै उनि खप्तड जान आउँदैछन् भन्ने थाहा पाउने स्थानियहरु उनलाई हेर्न बाटो कुरेर बसेका थिए । १० दिन खप्तडमा रहँदा पारस अत्यन्त खुशि देखीए ।
मेरिटेसन, खप्तड स्वामी र खप्तडको ईतिहास लगाएतका कुराहरुमा थप चासो र घुमघाममा १० दिन बिताएका उनले आफुलाई खप्तड अत्यन्त मन परेको र फेरी पनि समय मिलाएर खप्तड आउने बताएका छन् ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger