Headlines News :
Home » » थोत्रा जुत्ता चप्पल प्रयोग गरेर मदिरा उत्पादन !

थोत्रा जुत्ता चप्पल प्रयोग गरेर मदिरा उत्पादन !

Written By news on Saturday, 25 June 2016 | 22:46


१० असार, सप्तरी ।
मदिरा सेवन आफैंमा हानीकारक छ । तर, पनि मानिसहरु अनेक बहानामा खान्छन् । तर, यो रक्सीको उत्पादन कुन सामग्रीबाट तयार हुन्छ भन्ने कुराको जानकारी छ ? सामान्यतया कोदो, सक्खर तथा अन्य अन्न र फलफूलबाट घरेलु मदिरा तयार गरिन्छ । तर, यी सामग्रीले मात्रै होइन्, मान्छेले फ्याँकिसकेका खराव वस्तुहरुबाट पनि घरेलु मदिरा निर्माण गर्ने गरेको भेटिएको छ
। सप्तरी सदरमुकाम राजविराजमा हो, पुरानो चप्पल समेतबाट मदिरा बन्दै गरेको फेला परेको हो। भाँचिसकेको, खिइसकेको अवस्थामा फ्याँकिएको चप्पलको प्रयोग गरी मदिरा बनाउने गरेको रहस्य प्रहरीले फेला पारेको छ ।
 राजविराज १ स्थित विजय गुप्ताको घर भाँडामा लिई मदिरा उत्पादन गर्ने राजविराज ५ का बद्री यादव र राजविराज ९ बस्ने कपिल भुजेलको घरमा छापा मारेको छ । छापा मार्दा दुबैको घरबाट अवैध तरिकाले उत्पादन गरिएको घरेलु मदिराका साथै मदिरामा प्रयोग गर्ने सख्खर, पुराना चप्पल, कोदोसहितका सामग्री फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 यादवको घरबाट एक हजार लिटर उत्पादित मदिरा, कच्चा पदार्थ अन्दाजी १५ सय किलो र ६० वटा भाँडाबर्तनहरु नियन्त्रणमा लिएको छ । यस्तै भुजेलको घरबाट उत्पादन भएको १० लिटर मदिरा तथा ४ सय किलो कच्चा पदार्थ बरामद नियन्त्रणमा लिएको छ ।
त्यस क्रममा यादव र भुजेललाई नियन्त्रणमा पनि लिएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । दुबैले पुरानो चप्पल र जुत्ता समेतको प्रयोग गरी मदिरा उत्पादन गर्ने गरेको प्रहरीले जनाएको छ ।
२०७३ असार १० गते

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger