Headlines News :
Home » » उत्तर कोरियाली शासक किमले ज्वाइँ खोज्न अचम्मको शैली अपनाउँदै

उत्तर कोरियाली शासक किमले ज्वाइँ खोज्न अचम्मको शैली अपनाउँदै

Written By news on Wednesday, 1 June 2016 | 01:47

१९ जेठ, २०७३ ।
नेपाली हेडलाइन-२४  । पश्चिमाहरुले तानाशाहको रुपमा व्याख्या गर्ने गरेका उत्तर कोरियाका शासक किम जोङ उनले पहिलो पटक कुनै कामका लागि लोकतान्त्रिक तरिका अपनाउँदैन् । आफ्नी २९ वर्षीया बहिनी यो जोङको विवाहका लागि उनले यस्तो तरिका अपनाउन लागेका हुन्।
किमले देशभरीबाट चुनेका युवकहरु मध्येबाट एकजना छान्ने स्वतन्त्रता उनको बहिनीलाई हुनेछ । तर, उनको ज्वाइँ बन्नु जो कोहीका लागि त्यति सहज भने छैन । किनभने यसका लागि किमले कैयन शर्त राखेका छन् । ज्वाँइ खोज्नका लागि किमले अविवाहित युवाहरुको एउटा सभा नै आयोजना गरेका छन् । जसमा सहभागी गराउन किम आफैँले ३० अविवाहित युवकलाई छनोट गरिसकेका छन् ।
news.com.au का अनुसार त्यस सभाबाट आफ्नी बहिनीले छानेको युवकलाई उनले ज्वाइँ बनाउने छन्।
यस्ता छन् सर्तहरु:
१. किम इल सुङ विश्वविद्यालयबाट कम्तिमा स्नातक गरेको
२. उचाई कम्तिमा ५ फिट १० इञ्च
३. हेर्दा आकर्षक
४. उत्तर कोरियाली सेनामा योगदान दिएको
५. यति सबै योग्यता पुगेर पनि पक्का हुने छैन् । बहिनीले मन पराउनुपर्नेछ ।
यो जोङ उत्तर कोरियाकै शक्तिशाली महिलामध्ये एक हुन् । उनलाई हालै उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सदस्य बनाइएको छ । स्मरण रहोस्, किमले ज्वाइँ खोज्नका लागि यस्तो सभा आयोजना गरेको यो पहिलो पटक होइन । उनले सन २०१२ मा पनि यस्तो सभा आयोजना गरेका थिए । तर, खोजेजस्तो नपाएपछि सबैलाई अस्विकृत गरिदिए ।
के गर्छिन यो जोङ ?
दक्षिण कोरियाली पत्रिका ‘द चोशुन’का अनुसार यो जोङ आफ्नो दाइको पर्सनल एसिस्टेन्टको भूमिका निभाउँछिन् । उनले किमका लागि अपोइन्टमेन्ट, प्रमोशन तथा प्रोपोगाण्डाको कार्यभार सम्हाल्दै आएकी छन् ।
कलेजमा कस्तो थियो उनको व्यवहार ?
एक उत्तर कोरियाली भगौडका अनुसार युनिभर्सिटीमा अध्ययनका दौरान यो जोङको व्यवहार निकै अलग थियो । उनी हलबाट निस्किएपछि सबै विद्यार्थीले उनका लागि बाटो खाली गरिदिनुपर्दथ्यो ।
उनी चढेको लिफ्टमा क्लासमेटका अलावा कोही पनि चढ्न पाउँदैन थिए । यो जोङको विवाह एक पटक भइसकेको उनको दावी छ । एक आर्मी चिफसँग विवाह भएको थियो । तर, जनवरी २०१३ मा एक कार एक्सिडेन्टमा उसको मृत्यु भयो ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger