Headlines News :
Home » » आमाबाट बच्चामा एचआइभी संक्रमण दर हटाउने थाइल्याण्ड पहिलो एसियाली देश..

आमाबाट बच्चामा एचआइभी संक्रमण दर हटाउने थाइल्याण्ड पहिलो एसियाली देश..

Written By news on Wednesday, 8 June 2016 | 04:23

बैंकक, २६ जेठ । थाइल्याण्ड एचआइभी संक्रमित गर्भवती आमाबाट बच्चामा यसको सङ्क्रमण हटाउन सफल पहिलो एसियाली देश भएको छ । यस्तो देशको सूचीमा थाइल्याण्ड परेको र उक्त देश यस्तो सङ्क्रमण हटाउन सफल पहिलो एसियाली देश बनेको विश्व स्वास्थ्य संगठनले बुधबार घोषणा गरेको छ ।

थाइल्याण्डको जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थाइल्याण्डले गर्भवती आमामा रहेको एचआइभी सङ्क्रमण ती आमाबाट बच्चा जन्मिदा उनको बच्चामा पनि सर्ने खतरालाई लगभग उन्मूलन गरेको छ ।   उक्त मन्त्रालयको तथ्याङ्कअनुसार थाइल्याण्डमा यस्ता आमाबाट तिनका बच्चामा एचआइभी सङ्क्रमणको दर हाल १।९१ प्रतिशतमा झरेको छ ।

यो दर सन् २००३ मा १०।३ प्रतिशत थियो । तर हाल आएर भने यो सङ्क्रमण दरमा निकै कमी आएको छ ।   विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यस्तो सङ्क्रमण सर्ने दर २ प्रतिशतभन्दा कम आयोभने त्यसलाई उन्मूलन भएको रुपमा मापन गरिन्छ ।

त्यस्तै एक लाख यस्ता आमाहरुबाट बच्चा जन्मिदा ५० जनाभन्दा कम बच्चामा यस्तो सङ्क्रमण देखियो भनेपनि त्यस्तो अवस्थालाई पनि सङ्क्रमण उन्मूलन भएको अवस्थाका रुपमा मापन गर्ने गरिन्छ ।   विश्व स्वास्थ्य संगठनले बुधबार थाइल्याण्डले यस क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भनेको छ । साथै एचआइभीलाई पनि हराउन सकिन्छ भनेर विश्वमा थाइल्याण्डले देखाएको पनि बताएको छ । रासस/एपी –


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger