Headlines News :
Home » » प्रहरीलाई ठुलो सफलताःबम विस्फोट गराउँदै लुटपाट गर्ने ६ जना पक्राउ (नामावलीसहित)..

प्रहरीलाई ठुलो सफलताःबम विस्फोट गराउँदै लुटपाट गर्ने ६ जना पक्राउ (नामावलीसहित)..

Written By news on Wednesday, 8 June 2016 | 04:13

लहान, २६ जेठ । सिरहाको मिर्चैया नगरपालिका–७ मा बम विस्फोट गराउँदै लुटपाट गर्ने छ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

गत जेठ १ गते बिहान १ बजेतिर भएको लुटपाटका मुख्य योजनाकार सर्लाहीको नेत्रगन्ज–२ निवासी ५५ वर्षीय रुकुम पासवानलाई पक्राउपछि सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा धनुषाको ठाडी झिझैं–१ निवासी विनयकुमार पासवान, सर्लाही हरिवन–२ का नन्दकिशोर पासवान, सिरहाको लड्कनाहा कर्जनाहा–१ का रामशरण रौपाल, कर्जनाहा–१ का वीरेन्द्र पासवान र सोही ठाउँकी सङ्गीता पासवान रहेका छन् ।

उनीहरुको साथबाट ल्यापटप, मोबाइल सेट, कालो रङको टेप, लुटेको रकम, घटनामा प्रयोग भएको एक थान बन्चरो, एक थान छिनो, दुई थान काचो लाँठी, एक थान हाते ब्यागसहित अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयामा आयोजित पत्रकार सम्मेलनमा सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले प्रहरी प्रधान कार्यालय केन्द्रीय अपराध अनुसन्धान ब्युरो (सिआइबी), पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले घटनाको सुक्ष्म अनुसन्धान र अनुसन्धान पछि मुख्य योजनाकारलगायतलाई पक्राउ गर्न सफल भएको बताए ।

लुटपाटमा संलग्नमध्ये अन्य अभियुक्त फरार रहेको र उनीहरु नेपालकै अन्य जिल्ला तथा भारतमा समेत लुकेर बस्न सक्ने भएकाले भारतीय प्रहरीसँग समेत समन्वय गरेर खोजी भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।

पक्राउ परेकामध्ये रुकुम पासवान र विनय पासवान घटनामा प्रत्यक्ष संलग्न रहेको पाइएको छ भन्ने नन्दकिशोर पासवान, वीरेन्द्र पासवान र सङ्गीता पासवानको मोबाइलको प्रयोग भएको प्रहरी उपरीक्षक ज्ञवालीको कथन छ ।

अनुसन्धानको क्रममा सो लुटपाटमा पेसेवर अपराधीकै संलग्नता रहेको तथ्य प्राप्त भइसकेको र घटनाबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

करिब १०÷१२ जनाको सङ्ख्यामा आएका लुटेराले बम विस्फोट गराउँदै घरमा रहेका मानिस तथा छिमेकीलाई डर त्रास देखाई मिर्चैया नगपालिका–७ निवासी रामेश्वर यादव, राजाराम यादव र प्रकाश तिवारीको घरबाट नगद, सुनचाँदीका गरगहना, ल्यापटप, मोबाइल सेट र कागजात लुटेर लगेका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger