Headlines News :
Home » » मेनिया अर्थात् गफ दिने र आफूलाई ठूलो ठान्ने रोगबारे जानौं..

मेनिया अर्थात् गफ दिने र आफूलाई ठूलो ठान्ने रोगबारे जानौं..

Written By news on Tuesday, 14 June 2016 | 01:07


आफूलाई अरूभन्दा ठूलो ठान्ने, आफूमा अरूले गर्न नसक्ने काम पनि गर्न सक्ने गुण छ भन्दै बारम्बार भन्ने , आफुलाई फूर्तिलो, सिपालु, जोसिलो र राम्रो ठान्ने,  तडकभडक निकै गर्ने र एउटा काम नसक्दै अर्को सुरु गर्ने पनि एक खालको रोग हो ।

यस्तो लक्षण देखाउने रोगलाई मेनिया भनिन्छ । एकपटक मेनिया भएको बिरामीमा अर्कोपटक रोग दोहोरिने समस्या ८० प्रतिशत रहन्छ । यसरी दोहोरीएको अवस्थालाई वायोपोलार एफेक्टिभ डिस्अर्डर भनिन्छ । कहिले मेनियामा डिप्रेसिभ सिम्टम देखिन्छन् । यो कहिले ६ महिनामा कहिले ३—४ वर्षमा दोहोरिने गर्छ । मेनिया यस्तो रोग हो जसमा विरामी गफाडी, झगडालु, उत्तेजित देखिन्छ । विरामी प्रसस्त कुरा गरिरहने, फूर्तिलो, हाँसिलो, घमण्डी देखिन्छ । यस्तो अवस्थामा विरामी एउटै कुरामा स्थिर रहदैन, एउटा काम सक्न नपाउँदै अर्को काम थाल्छ । विरामी आनन्दित कुरामा दिन विताउँछ । म राजा बन्छु, म प्रधानमन्त्री बन्छु म नेता बन्छु भन्छ । त्यस्तै विरामीमा पैसा बाढ्छु भन्ने, कुरा बढाई चढाइ बोल्ने, राती २/३ घण्टा मात्र सुत्ने, गीत गाउने, अग्रेजी बोल्ने, रातो पहँेलो रंगिन लुगा लगाउन रुचाउने लक्षण देखाउँछ । विरामी बढी ‘टेलेन्ट’ जस्तो देखिन्छ ।

मेनिया जस्तो लक्षण भएको तर मेनिया जती वढी उत्तेजित नभएको अवस्था हाइपोमेनिया हो । यो रोग पटकपटक दोहोरिने भएको हुनाले राम्रो विचार पु¥याउन जरुरी छ । यस्ता घटनाहरु समाजमा पटकपटक देखिरहन्छन् । तर रोग लागेर यस्तो भएको कुरा शुरुमा थाह पाइदैन, जसबाट विरामी वा विरामीको परिवारमा अनेकौं घटना घट्न सक्छन् ।

मेनिया रोगका लक्षणहरु
घमण्डी बन्ने, बढी फूर्ती लगाउने ।
धेरै खुशी हुने तर, भनेको नमाने झनक्क रिसाउने ।
बढी आशवादी हुने, सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने ।
मीठो खानेकुरा माग गर्ने, राम्रो राम्रो रंगिन लुगा लगाउने ।
वढी पैसा माग्ने वा खर्च गर्ने ।
पटक पटक ऐना हेरीरहने ।
२,३ घण्टा सुते पनि निद्र पुग्ने ।
यौनमा बढी रुचि हुने ।
एउटा काम शुरु गर्न नपाउदै अर्को थाल्ने वा छटपट हुने ।
अरु देखि शंका गर्ने ।
यो रोग डिप्रेसनको उल्टो रुप मानिन्छ । पटकपटक दोहारिन सक्छ, कहिलेकाही अर्कोपटक डिप्रेसन हुन पनि सक्छ । यो रोगमा पुरुषमा यौन ट्रान्समिटेड डिजिज र महिलामा गर्भ रहने खतरा रहन्छ ।

मेनिया रोगबारे जान्नैपर्ने कूरा
मेनिया रोगका विरामी घमण्डी हुन्छन् । उनीहरु आफुलाई विरामी भन्न रुचाउदैनन् । त्यसैले यस्ता विरामीसंग अनावश्यक बादविवाद गर्नु हुदैन । नम्र भएर कुरा गर्नुपर्छ । मेनिया रोग बढ्दा विरामीले औषधि लिन मान्दैनन् । त्यस्तो बेला तुरुन्त अस्पताल लैजानुपर्छ । मेनिया रोग निको भइसकेपछि पनि पटक पटक बल्झिन सक्छ । सबैभन्दा पहिले राती निद्रा पर्दैन । त्यसो भए सदा लाग्ने औषधि तत्काल दिनुपर्छ । वा अस्पतालमा सम्पर्क गर्नुपर्छ । लिथियम लिएका मेनियाका विरामीले वान्ता गरे वा झाडापखाल, लागेमा यो औषधि वन्दगरि अर्को औषधि दिनुपर्छ । जसबाट लिथियम टक्सिसिटीबाट बचाउन सकिन्छ ।  मेनिया रोग कडा मानसिक रोग भएकाले औषधि लामो समयसम्म खान पर्न सक्छ । त्यसैले औषधि डाक्टरको सल्लाहबाट मात्र छाड्नुपर्छ ।

 कसरी मानसिक रुपमा स्वास्थ्य बन्ने ?
अनावश्यक कुरामा एकोहोरो गहिरो सोचार्ई नगर्ने ।
अर्काको उपलब्धीलाई सजिलै ग्रहण गर्ने र खुसी हुने ।
पुराना रुढिवादी कुरामा विश्वास गर्नु हुदैन ।
हरेक काममा खुसि, सुखि तथा सन्टुष्ट बन्ने
लागुपर्दाथ तथा दूब्र्यसनीबाट टाढा रहने
अति नैतिकवान नबन्ने तथा अरुबाट पनि त्यस्तो आशा नगर्ने
मनका कुरा अरुलाई भन्ने वानी गर्ने


– डा. सि पी सेडाई , नशा तथा मानसिक रोग बिशेषज्ञ, चितवन मेडिकल कलेज  

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger