|
|
धनकुटा खवर
धनकुटा १ असार । धनकुटाको भेडेटार–३ सिम्सुवामा बुधवार (आज) नेपाली सेनाको ट्रक पल्टिदा एक जना सेनानी घाईते भएका छन । ट्रक पल्टिएर बाटो ढाक्दा कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ ।
काठमाण्डौबाट सेनाको बन्दोबस्तीका सामान लिएर हिले स्थित २ नम्बर बाहिन जाँदै गरेको बा.१ग.२००६ नम्बरको सेनाको ट्रक व्रेक फेल भएर सडकमा पल्टिएको हो । दुर्घटनामा परी नेपाली सेनाका सेनानी पुर्णलाल श्रेष्ठ घाईते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।
घाईतेलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । ट्रक पल्टिएर सडक ढाक्दा बिहान करिव साँढे १० बजे देखि कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको हो । सडक खुलाउँने प्रयास जारी छ ।
|
|
Post a Comment