
काठमाडौँ, जेठ । संयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल पनि निर्वाचित भएको छ । सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित भएको नेपालसहितका अन्य राष्ट्रहरु डिसेम्बर २०१७ सम्म कायम रहनेछ । यो चयनसँगै नेपाल महासभाको महासमितिको कार्यकारीणी समितिको सदस्य हुनेछ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार नेपालले राष्ट्रसङ्घमा सन् १९५५ मा प्रवेश पाएपछि पहिलो पटक सो पदमा निर्वाचित भएको हो । नेपालको यो प्रवेशले राष्ट्र सङ्घसँग प्रत्यक्ष रुपमा कार्य गर्ने अवसर प्राप्त हुनुका साथै आगामी दिनमा नेपालको सकारात्मक भूमिका बढाउन पनि मद्दत पुग्ने विश्वास गरिएको छ । राष्ट्रसङ्घीय प्रणालीमा नेपालको सक्रिय र प्रभावकारी प्रतिनिधित्व रहने र न्युयोर्कमा विभिन्न सन्धिका निकायहरु, स्थायी मिसनमा यस क्षेत्रका राष्ट्रका तर्फबाट निर्वाचित सदस्यका रुपमा रहनेछ । राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत दुर्गाप्रसाद भट्टराई हाल विशेष राजनीतिक र गैरउपनिवेशिक समितिको अध्यक्ष समेत हुनुहुन्छ । राष्ट्रसङ्घको प्रणाली र विभिन्न सन्धिसम्बन्धी निकायमा नेपालको स्थायी नियोगले खेलेको भूमिकाले नेपाललाई सो अवसर दिलाएको हो
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment