Headlines News :
Home » » दूर्जकुमार राई भन्छन्, ‘जुत्ताको तुना लगाइदिएको थाहा छैन’..

दूर्जकुमार राई भन्छन्, ‘जुत्ताको तुना लगाइदिएको थाहा छैन’..

Written By news on Sunday, 26 June 2016 | 03:22


काठमाडौं, १२ असार ।
 सामाजिक सञ्जालमा यतिबेला एउटा तस्बिर भाइरल बनेको छ । सशस्त्र प्रहरीका महानिरिक्षक दूर्ज कुमार राईले आफ्ना सिपाहीलाई जुत्ता लगाउन लगाएको तस्विर एक अनलाईनमा प्रकाशित भएपछि त्यसले सामाजिक सञ्जालमा व्यापक बहस समेत भइरहेको छ । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘सामन्ती शैली’ भन्दै उनको आलोचना गरेका छन् । उक्त तस्बिरमा देखिएका प्रमुख पात्र प्रहरी प्रमुख दूर्ज कुमार राई भने आफूलाई थाहा नै नभएको बताउँछन् । ‘तपाईंले जुत्ताको तुना पनि लगाउन सक्नुभएन छ नी ?’ भन्ने प्रश्नमा उनले भने,‘हो र भाई त्यो विषयमा मलाई थाहा नै छैन ।’
सञ्चारमा माध्यममा आएको खबर बारेसमेत आफूलाई केही थाहा नभएको उनले बताए । ‘म काममा व्यस्त छु, केमा आएको छ मैले हेर्न पनि पाएको छैन,’ उनले भने, ‘पहिले हेरौंला अनि कुरा गरौंला अहिले म एउटा कार्यक्रममा छु ।’ शनिबार चन्द्रागीरिमा केवलकार चढ्न पुगेका राईले आफ्ना सिपाहीलाई जुत्ता लगाउन लगाएका थिए । मन्दिर दर्शन गरेर निस्केका उनी कालो सुटमा सजिएका छन् । यता एक सिपाही भने उनको खुट्टामा जुत्ता लगाईदिँदैछन् ।

 *प्रयाेग भएकाे तस्बिर अर्थतन्त्र डटकमकाे हाे*
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger