Headlines News :
Home » » प्रहरीलाई चालिस हजार नदिंदा १८ वर्ष थुनामा..

प्रहरीलाई चालिस हजार नदिंदा १८ वर्ष थुनामा..

Written By news on Thursday, 30 June 2016 | 02:39

- अरविन्द्र दास शर्मा

काठमाडाैँ :
मेराे नाम अरविन्द्र दास शर्मा हो । जन्म घर तमिलनाड स्थित् कन्याकुमारी भएपनि म २०४४÷०४५ सालदेखि काठमाडौंमा बस्दै आएको हुँ । म काठमाडौं आउनुको कथा मेरो आर्थिक अवस्थासँग जोडिएको छ ।

घरको आर्थिक अवस्था राम्रो थिएन । १३–१४ वर्षकै उमेरमा आठ कक्षा पढ्दा–पढ्दै पढाई छोडेर भारतको मध्यप्रदेशमा पुगे । भारतको मध्यप्रदेशमा काम गर्दागर्दै मुम्वई पुगें । त्यहाँ मैले कटिङको काम सिकें । बम्वईमा बस्दा काठमाडौंका गार्मेन्ट उद्योगीहरुसँग सम्पर्क बढ्यो । उनीहरुकै सहयोगमा कटिङ मास्टरको रुपमा काम गर्न म काठमाडौं आएँ । भूगोल, बोली भाषा, हावापानी काठमाडौं मेरालागि नयाँ थियो । काठमाडौंमा मेरो काम राम्रो थियो । काठमाडौंका शिवशक्ति ग्लोवल, स्वस्तिक, त्रिशक्ति र सुप्रिम गारमेन्टमा काम गरें ।


२०५३ साल पुस २६ गते मेरोलागि कालारात्रि बनेर आयो । काठमाडौको कालीमाटी स्थ्ति बार्सोलोना गार्मेन्टमा कटिङको काममा व्यस्त थिएँ । दिनको ३–४ बजेतिर सादा पोशाकमा आएका अपरिचित मानिस उद्योगमा देखिए । उनीहरु यताउता गर्न थाले । प्रहरी भएर पनि उनीहरु उद्योगीका रुपमा गार्मेन्टभित्र छिरेका थिए ।

‘मन्द्रासी को हो ?’ सादा पोशाकमा गएका मानिसले म सँग सोधे । नडराउनु–नविराउनु , उनीहरुसँग मैले परिचय लुकाउनु पर्ने कारण थिएन । ‘म हो’ – कैंचीले कपडा काट्दै उनीहरुलाई उत्तर दिए ।

‘दिनमा कति पीस काट्नुहुन्छ’ मलाई सोधे ? र खसी बजारको छेउँमा गार्मेन्ट फ्याक्ट्री भएको बताउँदै मलाई हेर्न जान प्रस्ताव गरे ।

उनीहरुले भने भन्दैमा यत्तिकै निस्कन मिल्दैनथ्यो ।‘साहुलाई नसोधी बाहिर जान मिल्दैन’– उनीहरुलाई मैले भनें । ‘होइन, होइन, सानो काम छ, । बाहिर आउनुस । फ्याक्ट्री हेर्न पछि जाउँला’– मलाई भने । गेटमा निस्कन नपाउँदै कर्‍यापकुरुप पारे । घिच्चाउँदै भ्यानमा लगे । त्यतिन्जेल सम्म पनि मलाई उनीहरु प्रहरी भएको मेसो थिएन । गाडीमा राखेर हत्कडी लगाएपछि मात्र उनीहरु प्रहरी हुन् भन्ने मलाई थाहा भयो ।

उनीहरुको दाबी अनुसार ४५० ग्राम लागु औषध ( खैरो हिरोइन) रवि शाहबाट प्रहरीले बरामद गरेको थियो । उक्त लागु औषध अरविन्द्र दासले आफूलाई दिएको अरविन्द्रले दिएको भन्दै मलाई पक्राउ गरेको रहेछ । जुन कुरा मैले पछि थाहा पाएँ । तर, ती मान्छेलाई म चिन्दा समेत चिन्दैनथें । । मलाई कामले फुर्सद नै हुँदैनथ्यो । विहान ६ बजे निस्केको कोठामा पुग्दा राती १२ बज्थ्यो । म काठमाडौंमा रोजगारकैलागि आएको थिएँ । मलाई अन्य कुराको कुनै मतलव थिएन कालीमाटिमा फूल समय र अन्य दुई ठाउँमा पार्ट टाइम काम गर्थे ।

मलाई उनीहरुले हनुमान ढोका पुर्‍याए । त्यहाँ पुर्‍याएर पनि मलाई केही भनेन् । राती भएपछि प्रहरी आएर भने,‘ कोठामा जाउँ ।’ प्रहरीको यो भनाइले, मलाई छोड्छन कि क्या हो, भन्ने लाग्यो । तर, त्यो उनीहरुको वहान रहेछ । खानतलासी गर्न यसो गरेका रहेछन् । राती मेरो कोठामा गएर खानतलासी गरे । केही भेटिएन । श्रीमती कोठामा रोइरहेकी थिइन् । ‘दीदी रुनु पर्दैन । भोली छोडिहाल्छ नि’– सँगै आएका प्रहरीले भने । ‘यो मानिस त इन्भल्व छैन । अनुसन्धान गरौं’– वाकीटकीबाट इन्सपेक्टरले भनें । त्यतिन्जेलसम्म पनि म कुन अपराधमा पक्रिएको थिएँ मलाई जानकारी थिएन ।

म लागु औषध खाने मान्छे पनि होइन । वेच्ने मान्छे पनि होइन । जाँडरक्सी पनि खाँदैनथें । ट्यापे केटासँग कसरी सम्पर्क गर्छु । पक्रेको दुईदिन पछाडी मलाई अदालत पेश गर्‍यो । त्यसपछि मात्रै लागु औषधको मुद्दामा मलाई फसाइएको मेसो पाएँ । यो थाहा पाउँदा छाँगाबाट खसेजस्तो भएँ । मलाई त्यतिवेला रोशन भट्टराई नामको इन्सपेक्टर नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो ।


म पक्राउ परेपछि मलाई चिन्ने जान्ने र म काम गर्ने उद्योगका मालिकले समेत अदालतमा गएर मेरो बारेमा बयान दिए । कसैको सुनुवाई भएन । प्रहरीको कुरा पत्याउँदै काठमाडौं जिल्ला अदालतले मलाई साढे दुईलाख जरिवाना र ७ वर्ष संजाय तोक्यो । जता गयो पैसाकै कुरा गर्थे । अदालतमा त्यस्तै । पुलिसमा त्यस्तै । त्यतिवेला नै प्रहरीले ५० हजार दिने भए छोडिदिन्छौ भनेको थियो । गल्ती गरेको थिइन । किन पैसा दिएर छुट्ने ? अदालतबाट न्याय पाइहाल्छु भनेर बसें । फेरी ४० हजार मागियो । त्यो पनि नदिएपछि मुद्दा दर्ताको काम अगाडी बढाइएको हो ।

प्रहरीले जहाँ जहाँ सही गर्न भन्यो त्यो मान्नुको विकल्प थिएन । पढेर गर्छु भन्दा लात्तिले हान्थे । जता गयो सवैतिर विदेशी भनेर थप हेयको भाषाले मलाई हेप्थे । निर्दोष मलाई अपराधि बनाइयो।


मलाई अर्को वज्रपात आठ वर्षपछि आयो । जव जिल्ला अदालतले तोकेको कैद सजाय भोगेर म बाहिर निस्कंदै थिएँ । सर्वोच्च अदालतले उक्त मुद्दामा १५ वर्ष र पाँच लाख रुपिंया जरिवाना गर्‍यो । म माथि अन्याय भएकाले सर्वोच्चको ढोका ढकढक्काउन पुगेको मलाई उल्टै दोव्वर संजाय गरियो ।

३५ वर्षको लक्का जवान म १८ वर्ष जेल बसेर २०७१ असार १५ मा रिहा भएको हुँ । मेरो उर्जाशिल उमेर जेलमा वित्यो । घर परिवारसँग मेरो सम्वन्ध टुट्यो । घर परिवारले म मरेको ठानेछन् । जेलबाट छुटेपछि सानो छोरालाई लिएर २०७२ वैशाख १० गते घरमा पुगें । वुवा आमा वितिसक्नुभएको रहेछ । दाजु, दीदीहरु कसैले पनि मलाई चिनेनन् । आफ्नै दीदीसँग गएर वुवा–आमाका बारेमा सोध्न पुगेछु । मलाई चिन्न पनि उहाँहरुलाई गारो भयो ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger