Headlines News :
Home » » खतरा हुन्छ भने नजान पनि भनेको थिएँ,'गह्रौं मन गरेर गएको थियो अंकुर'..

खतरा हुन्छ भने नजान पनि भनेको थिएँ,'गह्रौं मन गरेर गएको थियो अंकुर'..

Written By news on Monday, 20 June 2016 | 21:23


इटहरी-

'अंकुर मलाई छाडेर गयौ, अब म कसरी बाँच्नु?' आत्मघाती बम आक्रमणमा मृत्यु भएका इटहरी नपा–२४ हाँसपोसाका अंकुर तामाङकी ६५ वर्षीया आमा लाकमाया भावविह्वल हुँदै भक्कानिइन्। ३१ वर्षीय अंकुरसँग फोनमा कुरा हुँदा र घर बिदामा आएको बेला लाकमाया छोरालाई होसियारीसाथ काम गर्न सम्झाउँथिन्। वैशाख अन्तिम साता घरबिदामा आएर फर्किएका अंकुरले गाडीबाट ड्युटी जाँदा भने खतरा हुने गरेको घरपरिवारका सदस्यलाई सुनाउँथे।

 'खतरा हुन्छ भने नजान पनि भनेको थिएँ, गहा्रंै मन गरेर गएको थियो,' उनले भनिन्, 'नियति पनि कस्तो, मेरो छोराले मलाई सधैंभरिका लागि छाडेर गए।' लाकमाया एकोहोरो अंकुरको नाम पुर्कादै रुन्छिन्। ७८ वर्षीय अंकुरका बाबु भीमबहादुर पनि भावविह्वल छन्। खोटाङ, दिक्तेल–६ मुढे पुर्ख्यौली घर भएका अंकुरका बाबुआमा गत कात्तिकदेखि हाँसपोसा बस्दै आएका हुन्।

'अंकुरले पहाडमा कति दुःख गर्नुहुन्छ, दाजुहरुसँगै आएर बस्नु भनेपछि यतै झरेका हौं,' भीमबहादुरले भने, 'के गर्नु अब त छोराले पनि छाडेर गयो, अब कसरी मन बुझाउनु?' अंकुर परिवारका मन्तरे (कान्छोमाथिका) थिए। लाकमाया र भीमबहादुरका नौ जना छोरामध्ये तीन जनाको मृत्यु भएकोमा अहिले छ जना थिए, अकंुरको पनि मृत्यु भएपछि पाँच जना बाँकी छन्।

 अंकुर मृत्युको खबर सोमबार साँझ ५ बजे परिवारले सुनेको थियो। अंकुरकी श्रीमती गोमा गोलेले बिहान फेसबुक र मोबाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन। सञ्चार माध्यममा अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमण भएको खबर सार्वजनिक हुनासाथ परिवारका सदस्यले चासो लिएका थिए। अंकुरसँग सम्पर्क हुन नसकेपछि साथीलाई फोन गर्दा घाइते भएको खबर पाएको जेठा

 दाजु देवराजले बताए। 'सुरुमा घाइते भनेर खबर पायौं, साँझ ५ बजे मृत्यु भएको खबर आयो,' देवले भने। अंकुर पाँच वर्षअघि नेपाली सेनाको जागिर छाडेर अफगानिस्तान गएका थिए। सात वर्षसम्म अफगानिस्तानमै बसेर फर्केका देवराजका अनुसार त्यहाँ जहिल्यै त्रास हुने गर्थ्यो। 'म पनि सात वर्षसम्म अफगानिस्तानमै बसे तर त्यहाँ जहिले त्रास हुने गरेकाले भाइचाहिँ नजाओस् नै भन्ने थियो,' उनले भने, 'काठमाडौंको मेनपावरमार्फत साथीहरुसँग मिलेर गयो।'

 'वैशाखमा घर आउँदा अब अस्ट्रेलिया जान्छु, अफगानिस्तान जान्नँ भन्नुभएको थियो, पैसा राम्रै हुन्छ जानुहोस् भनेर भनेको थिएँ,' अंकुरकी जेठी भाउजू कमलाले भनिन, 'बरु जान नदिएको भए पनि यस्तो दुःखद घटना हुने थिएन।' अंकुर मासिक एक लाख रुपैयाँ कमाउँथे। हरेक वर्ष दिनमा घरबिदामा आउजाउ गर्थे। तीन वर्षअघि कमलाले नै अंकुरको विवाह गरिदिएकी थिइन्। हेटौंडामा रहेकी अंकुरकी श्रीमती गोमा गोले पनि अहिले अर्धबेहोस अवस्थामा छिन्। बर्बर हत्याबाट मृत्यु भएका अंकुरको शव चाँडो ल्याउन सरकारले पहल गर्नुपर्ने परिवार जनले माग गरेका छन्।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger