Headlines News :
Home » » ‘छुट्टी मनाएर काबुल पुगेको २२ दिनमै सदाका लागि छुट्टीयो’..

‘छुट्टी मनाएर काबुल पुगेको २२ दिनमै सदाका लागि छुट्टीयो’..

Written By news on Monday, 20 June 2016 | 21:28


लमजुङ, ७ असार

 नेपाल प्रहरीको असईबाट पेन्सन निस्किएपछि अर्चलबोट–९, साँखरका अमृतबहादुर थापा (गाउँमा अमृत सुयेल) मलेसिया गए ।

छोराछोरीलाई पढाउन र घरव्यवहार चलाउन पेन्सन र मलेसियाको जागिरले नपुग्ने भएपछि उनी ४ वर्षअघि अफगनिस्थानको काबुल गएका हुन् । लगभग दुई साता अघि मात्रै छुट्टीको एक महिना बिताएर कार्यस्थल अफगनिस्तानको काबुल फर्केका ५१ वर्षीय थापा घाइते भएको खबर सोमबार दिउँसो परराष्ट्र मन्त्रालयबाट श्रीमती दुर्गालाई आयो । त्यसपछि स्थानीयले उनको निधन भएको खबर सुने ।

काठमाडौंमा डिग्री पढ्दै गरेकी कान्छी छोरी विसु पनि घरमै थिइन् । साँझसम्म ‘हो’ या ‘होइन’ भन्ने दोधारमा पुगेका स्थानीयले अन्त्यमा उनको निधन भएको विभिन्न माध्ययमबाट आएको भन्दै सत्य भएको बताए ।

घरपरिवारबाट छुटेको १५÷२० दिनमै थापाको तालीवानी आतंकवादीले गरेको आत्मघाती बम विष्फोटमा परेर निधन भयो । उनीसँगै ११ जना अन्य नेपालीले ज्यान गुमाए ।

‘यही जेठ १७ गतेमात्रै नेपाल छोडेका उनी अब शवको बाकसमा नेपाल फर्कनेछन्,’ उनका बालशखा रुपराज अधिकारीले भने, ‘छुट्टीमा आउँदा मसँग सँधै भेट हुन्थ्यो । नभेट्नु नै रहेछ, नभेटेरै नेपाल छोड्यो, नभेटेरै संसार छोड्यो ।’

उनका अनुसार अमृत ज्यादै मिलानसार थिए । परिवारका लागि निकै चिन्तित हुन्थे । ‘हामी एकदम मिल्ने साथी । जेठी छोरी रसुको विवाह मैले नै गरिदिएको हुँ ।’ अर्चलबोटस्थित लक्ष्मीनारायण माविका प्रधानाध्यापक भरत पौडेलका अनुसार छोरा मिरोज धरानमा एमबीबीएस पढ्दैछन् । अमृतका भाइ भारतीय सेनामा छन् । ‘अहिले छोराछोरी, ज्वाइँ, भाइ सबै गाउँ आउँदैछन्,’ उनले भने, ‘गाउँभरि सन्नाटा छाएको छ ।’

छिमेकी कुमारी परियारका अनुसार घरपरिवार र छिमेकीमा पुरै रुवावासी चलेको छ । ‘घरगाउँका धेरैले खाना समेत खाएका छैनन् । सबै शोकमा छन्,’ उनले भनिन्, ‘गाउँघरमै बित्दा र परदेशमा बित्दाको क्षण धेरै फरक हुने गरेको कान्तिपुर दैनिकमा समाचार छ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger