Headlines News :
Home » » गर्भवती बुहारी बचाउँदा सासुको ज्यान गयो..

गर्भवती बुहारी बचाउँदा सासुको ज्यान गयो..

Written By news on Monday, 20 June 2016 | 03:51


राजविराजः

सिँचाइ मन्त्री उमेश यादवको गाउँ सप्तरीको लालापट्टीमा आइतबार राति एक महिलाको सिलौटा प्रहारबाट हत्या भएको छ ।

सामान्य विवादमा लालापट्टी–७ निवासी ६२ वर्षीया साबित्रीदेवी खंगको छातीमा सिलौटा र डाढुले हान्दा उनको मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।

चार महिनाकी गर्भवती बुहारी २३ वर्षीया जानकीदेवी खंगलाई कुटपिटबाट जोगाउन गएकी साबित्रीको छिमेकी ५५ वर्षीय धनिकलाल खंग खत्वे, उनकी श्रीमती ५२ वर्षीया कमलीदेवी खंग र छोरा २७ वर्षीय पञ्चदेव खंगले कुटपिट गर्दा मृत्यु भएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले बताए ।

राजविराजस्थित अञ्चल अस्पतालमा घाइते बुहारीको उपचार भएको छ भने मृतक सासुको पोष्टमार्टम भएको छ । घटनालगत्तै आरोपितहरु फरार रहेका छन् ।

कसरी भयो हत्या ?
शनिबार साँझ जानकीदेवी छिमेकमा मसला पिँध्न गएकी थिइन् । मसला पिँध्न गएकी उनलाई चामल चोरेको आरोप लगाउँदै कमलीदेवी खंगले कुटपिट गर्न थालिन् ।

गर्भवती बुहारीमाथि कुटपिट भइरहेको थाहा पाएर उनकी सासु सावित्रीदेवी जोगाउन पुगेकी थिइन् ।

मृतकका छोरा शनिश्चर खंगका अनुसार कमलीदेवीसँगै उनका श्रीमान् धनिक र छोरा पञ्चदेवले मिलेर सिलौटा, चुलेसी र डाढुले प्रहार गर्दा सावित्रीको लडेर मृत्यु भएको हो । हत्यापछि धनिक खंगका परिवार गाउँ छाडी फरार भएका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger