Headlines News :
Home » » यी हुन् प्रधानमन्त्री ओलीका नक्कली डाक्टर , यिनले के जाच गर्थे ?

यी हुन् प्रधानमन्त्री ओलीका नक्कली डाक्टर , यिनले के जाच गर्थे ?

Written By news on Tuesday, 21 June 2016 | 21:44


कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष, अनि एमालेको स्वास्थ्य विभाग सदस्य। नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसा अँगालेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका बुद्धिमान श्रेष्ठको परिचय यत्तिमै सकिँदैन।


उनी हाइप्रोफाइल व्यक्तिका फेमिली चिकित्सकसमेत हुन्। उनको नियमित सेवा लिनेमध्ये प्रधानमन्त्री केपी ओलीसमेत हुन्।

चिकित्सकबीच हुने राजनीतिमा एमालेनिकट चिकित्सकका रूपमा परिचित उनले प्रधानमन्त्रीसँगको आफ्नो सामीप्य पुष्टि गर्न पुस र फागुनमा बालुवाटारमै टोलीसहित गएर ओलीको दाँतको उपचार गरेका थिए। पहिलो पटक पुस १८ मा श्रेष्ठ मोबाइल डेन्टल भ्यान र चिकित्सकको टोली लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

श्रेष्ठको नेतृत्वमा अत्याधुनिक मोबाइल डेन्टल भ्यानसहित पुगेको चिकित्सकको टोलीले बिहान १० देखि १२ बजेसम्म ओलीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो।

अस्पतालले प्रकाशनका लागि पठाएको विवरणमा उल्लेख भएअनुसार परीक्षणमा संलग्न चिकित्सकले प्रधानमन्त्री ओलीको माथिल्लो भागको दायाँपट्टिको २ वटा बंगाराको एक्सरे गर्दा ४ वटा बंगारा किराले खाएको निष्कर्ष निकाल्यो।

श्रेष्ठसहितको चिकित्सक टोलीले तीमध्ये एक बंगारा निकाल्नै पर्ने अवस्थामा पुगेको निष्कर्ष निकाले पनि प्रधानमन्त्रीको समय नमिलेकाले तत्काल निकालिएन। दाँत सफा गरे, अनि माथिपट्टिको दाहिने बंगारा र तलपट्टिको देब्रे बंगारामा फिलिङ गरेर टोली फर्कियो।

श्रेष्ठ नेतृत्वकै टोली पुन: फागुन १९ मा प्रधानमन्त्री निवास बालुवाटार पुगेर दाँतको उपचार गर्‍यो। ओलीको तल्लो भागको दाँत धारिलो हुँदा जिब्रोमा घाउ हुन थालेपछि प्रधानमन्त्रीका सहयोगीले श्रेष्ठलाई बोलाएका थिए।

दोस्रो पटकको परीक्षामा पनि ओलीको माथिल्लो भागको दोस्रो र तेस्रो बंगारा निकाल्नैपर्ने अवस्थामा रहेको निष्कर्ष निकालियो। बंगारा निकाल्न प्रधानमन्त्री इच्छुक नदेखिएपछि धारिलो भाग मुठारेर तल्लो भागको देब्रेपट्टिको बंगारामा स्थायी फिलिङ र दायाँतर्फ माथिपट्टिको दुई बंगारामा अस्थायी फिलिङ गरेर टोली फर्कियो।

श्रेष्ठबाट दाँत उपचारको सुविधा लिने अर्का परिचित हुन् प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल। श्रेष्ठले अर्यालकी पत्नीको दाँतको उपचार गर्दै आएका थिए। तिनै श्रेष्ठ आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा आफूलाई चिकित्सकका रूपमा परिचय दिएर ठगी गरेको अभियोगमा अहिले ब्युरोको हिरासतमा छन्।

गंगालाल माध्यमिक विद्यालय स्याङजाबाट एसएलसी उत्तीर्ण गरेका श्रेष्ठले नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकको लाइसेन्स लिँदा भारतको सरला सत्यनारायण यादव नरपतगन्जको आईएस्सीको प्रमाणपत्र पेस गरेका थिए।

अनुसन्धानमा त्यो शैक्षिक प्रमाणपत्र नक्कली देखिएपछि प्रहरीले उनलाई शुक्रबार पक्राउ गरी हिरासतमा राखेको छ।

उनले भारतको ललितनारायण मिथिला विश्वविद्यालयको बीडीएसको प्रमाणपत्रसमेत पेस गरेका छन्। अनुसन्धान स्रोतका अनुसार उनको उक्त प्रमाणपत्रसमेत अनुसन्धानको दायरामा छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्रीको सरकारी चिकित्सक दिव्या सिंह र दिलीपराज शर्मा रहेको दाँतका डाक्टर पारिवारिक भएको जानकारी दिँदै ‘दाँतका डाक्टरको नाम याद छैन, १० मिनेटपछि फोन गर्नुस् न’ भने।

पुन: सम्पर्क गर्दा दाहालले प्रधानमन्त्रीको कुनै पारिवारिक चिकित्सक नभएको, शिक्षण अस्पताल गएर एकपटक श्रेष्ठसँग दाँतको परीक्षण गरेको बताउँदै बालुवाटारमा परीक्षण नगरेको दाबी गरे। प्रधानमन्त्रीले श्रेष्ठको टोलीसँग २ पटक बालुवाटारमा दाँतको परीक्षण गरेको तस्बिर नै छ त भनेपछि उनले जवाफ दिए, ‘तस्बिर छ भने छापिदिनुस्।’



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger