Headlines News :
Home » » कति बिडम्बना ,उपचार गर्न नसकेपछि छोराद्वारा आमाको हत्या..

कति बिडम्बना ,उपचार गर्न नसकेपछि छोराद्वारा आमाको हत्या..

Written By news on Thursday, 23 June 2016 | 22:25


इटहरीमा आफनै छोराले आमाको हत्या गरि खोलामा गाडेको अबस्थामा शव फेला परेको छ । करिब तिन महिना अघि इटहरी ४ पाँनधारे बस्ने २८ बर्षिय बिजय चौधरीले आफनौ ६५ बर्षिय आमा बेचनी चौधरीको हत्या गरी टेङग्रा खोलाको बगरमा बोरामा हालेको अबस्थामा शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीले हत्यामा संलग्न छोरालाई पक्राउ गरि अनुसन्धान गर्ने क्रममा छोराले नै गाडेको स्थानसम्म प्रहरीलाई पु¥याका थिए । प्रहरीले सेतो बोरामा सडेको अबस्थामा शव फेला पारेको थियो ।

स्थानिय छिमेकीका अनुसार घटना का थिए महिना अघि भएको हुन सक्ने बताएका छन् । क्यान्सर लागेर बिरामी अबस्थामा रहेकी बेचनी चौधरीलाई छोरा बिजयले उपचार गराउन भनि घरबाट लगेका थिए ।

पछि आमा फिर्ता नल्याएपछि घटना स्थानियले शंका गरेका थिए । दुर्घटनामा घाइते भएर बुवा भगतलाल चौधरी पनि उपचार गराउन काठमाडौ गएका थिए ।

बिरामी भएपछि बेचनी पचरुखीबाट कान्छो छोराको घर इटहरी आएकी थिइन् ।

पछि फर्केर आएका बुवाले आमा खोजेपछि छोराले पटक–पटक गाडेको छु भन्दै झरर्किने गरेका थिए । पछि बुबा भगतलाल चौधरीले इटहरी प्रहरीमा निवेदन दिएपछि मात्र प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

प्रहरीले छोरा बिजय चौधरीलाई नियन्त्रणमा लिएपछि प्रहरी समक्ष आफुले खोला छेउमा गाडेको स्वीकारेका थिए ।

स्थानियका अनुसार मृतक क्यान्सरबाट ग्रस्त रहेको कारण शरिरमा पनि किरा पर्ने थालेपछि दुर्गन्ध आउने गरेको बताए । उपचार गर्ने पैसा समेत छोराले निकाल्ने अबस्थामा थिएनन् ।

एता इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीले घटनाको बिषयमा अझै अनुसन्धान भइरहेको बताए । मृतक क्यान्सरबाट ग्रस्त भएपछि दुई छोराले उपचार नगरेको र कहिले जेठा छोराकोमा कहिले कान्छोको डेरामा बस्दै आएको बताए ।

डिएसपी अधिकारीले थप अनुसान्धान गरेर घटनाबारे सत्यतथ्य बाहिर ल्याउने बताए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger