Headlines News :
Home » » परिवर्तन भयो भन्सार नियमः साउनबाट नेपाल आँउदैहुनुहुन्छ भने यस्तो छ सामान लान पाउने नयाँ नियम -

परिवर्तन भयो भन्सार नियमः साउनबाट नेपाल आँउदैहुनुहुन्छ भने यस्तो छ सामान लान पाउने नयाँ नियम -

Written By news on Thursday, 23 June 2016 | 22:36

 काठमाडौ । साउनपछि विदेशबाट नेपाल फर्किदै हुनुहुन्छ भने काँचो सुन नल्याउनुहोला । सरकारले गहनाबाहेकको पचास ग्रामसम्मको सुन ल्याउन प्रतिवन्ध लगाएको छ ।

विदेशमा ६ महिना बसेका नेपालीले अहिलेसम्म पचास ग्राम काँचो सुन ल्याउन पाउने व्यवस्था थियो । तर सरकारले झिटी गुण्टा सम्वन्धी व्यवस्थामा परिवर्तन गर्दै पचास ग्रामको गहनाका सुनचाँदी वाहेक काँचो सुनचाँदी ल्याउन प्रतिवन्ध गरेको हो ।


वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्रयोग गरेर तस्करी बढेपछि सरकारले काँचो सुनचाँदी ल्याउन प्रतिवन्ध लगाएको हो । दुबई, मलेसिया लगायतका मुलुकमा रहेका केही नेपाली तस्करले फर्किन लागेका नेपालीलाई सुन भरियाको रुपमा प्रयोग सुनचाँदी ल्याउने गरेका थिए ।

सुन ल्याउने नेपालीलाई केही रकम दिएर झिटीगुण्टामार्फत सुनचाँदीको वैधानिक रुपमा तस्करी भइरहेको थियो । भन्सार विभागका निर्देशक सूर्य सेढाईले तस्करी रोक्न काँचो सुन ल्याउन प्रतिवन्ध लगाएको बताए ।


नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशबाट फर्किदा सुन र चाँदीको गहना पचास ग्रामसम्म मात्रै ल्याउन पाउनेछन् । एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुन वा चाँदीका सामानमा भन्सार लाग्दैन ।

ट्यावलेट वा ल्यापटप वा कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, मोबाइल फोन र पेन ड्राइभ एकर एक थान भन्सार नतिरी ल्याउन पाउनेछन् । नयाँ ब्यवस्था अनुसार बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एकर एक थानमा भन्सार तिर्नुपर्दैन् । पेशागत यात्रुले बोक्ने डाक्टरका सामान्य यन्त्र, खेलाडीका सामान, गायकरसंगितकारले प्रयोग गर्ने गितार, हार्मोनियम लगायतमा भन्सार तिर्नुपर्दैन् ।

नयाँ ब्यवस्था अनुसार सात किलोग्रामसम्मको खाद्य बस्तुमा भन्सार तिर्नुपर्दैन् । एक लिटरसम्म विदेशी मदिरामा भन्सार लाग्दैन । यसअघि डेढ लिटरसम्ममा भन्सार तिर्नुपर्दैन्थ्यो । वैदेशिक रोजगारीमा गएका नेपालीले ३२ इन्चसम्मको टेलिभिजन ल्याउन पाउने व्यवस्थालाई पनि यथावत राखेको छ । ३२ इन्च भन्दा ठूलो टेलिभिजन ल्याएमा अरु सरहनै भन्सार महसुल तिर्नुपर्छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger