|
|
काठमाडौं, १० असार–
अभिनेत्री ऋचा घिमिरेले तेस्रो सन्तानको रुपमा छोरी पाएकी छिन् । अमेरिकामा बस्दै आएकी उनले बिहिबार साँझ छोरी जन्माएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी हुन् । छोरीको तौल ६ पाउन्ड र उचाइ २० इन्च रहेको उनले बताएकी छिन् । उनले छोरीको नाम समेत जुराइसकेकी छिन् । ऋचाले छोरीको नाम मेरीया घिमिरे राखेकी छिन् । ऋचाका यसअघि पनि दुई सन्तान भइसकेका छन् । अभिनेत्री घिमिरे केहि वर्ष अघि आफ्नै चलचित्र तुलसी प्रदर्शन गर्न भनेर पति शंकर घिमिरेसंगै अमेरिका गएकी हुन् । त्यसपछि उनीहरु फर्र्र्किका छैनन् ।
|
|
Post a Comment