Headlines News :
Home » » मुग्लिन बाटोमा पहिरोले थिच्दा कार कच्याककुचुक, सचेत हुँदा यात्रु जोगिए..

मुग्लिन बाटोमा पहिरोले थिच्दा कार कच्याककुचुक, सचेत हुँदा यात्रु जोगिए..

Written By news on Tuesday, 28 June 2016 | 04:55


पहिरोका कारण लामो समय जाम हुने नारायणगढ मुग्लिन सडक खण्ड यात्राको लागि दिनानुदिन असुरक्षित बन्दै गइरहेको छ।
बर्षा याममा अव्यवस्थित बन्दै गइरहेको यस सडक खण्डमा यात्रा गर्ने यात्रुहरुको ज्यानै जोखिममा पर्ने खतरा बढेर गएको छ।

सोमबार राति ११ बजे मुग्लिनदेखि पश्चिम नारायणगढतर्फ गइरहेको बा १४ च ८२९० नम्बरको कार पहिरोमा परेर क्षतिग्रस्त भएको नारायणगढ मुग्लिन सडक आयोजना कार्यालयले दिएको जानकारी दिएको छ।
टाढैबाट अगाडि स–साना ढुंगा झरेको देखेपछि सवारी चालक  गाडी रोकेर सुरक्षित स्थानमा लागेपछि सवारी चालकको ज्यान जोगिएको  तर गाडी रोकेको  केही क्षणमानै पहिरो  खसेपछि गाडी चक्नाचुर भएको निर्माण आयोजनाका इन्जिनियर शिव खनालले बताउनु भयो ।
आयोजनाले जुन सुकै बेलामा पनि पहिरो जाने समस्या रहेको सो सडकमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गर्दै आएको छ। वर्षाका बेलामा सकेसम्म बैकल्पिक मार्गबाट जान पनि भनेको छ। सोमबार सो सडक १० घण्टा बन्द भएको थियो। दुई लेनको बनाउने काम सुरु भएसँगै सो सडक पहिरोको जोखिममा परेको छ।

त्यस्तै ग१च ४९८९ नम्बरको अर्को कार पनि पहिरोको चपेटामा परेको जानकारीमुग्लिन इलाका प्रहरी कार्यालय ले  दिएको छ। कारमा सवार कसैलाइै केही नभएको र उनीहरुको विवरण लिने काम भइरहेको मुग्लिन प्रहरीले जानकारी दिएको छ।


काठमाडौं र पोखरालाई पूर्व पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गका रुपमा रहेको सो सडक खण्ड भएर दिनहुँ १० हजारका हाराहारीमा सवारी साधन ओहर दोहर गर्छन् , समयमै सहि ढङ्गबाट सडक  व्यवस्थित नगर्नाले यस्ता किसिमका धेरै समस्याहरु देखा परिरहेका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger