Headlines News :
Home » » किन नराम्रो सपना देखिन्छ ? कसरी समाधान गर्ने ? कतै मानसिक रोग त होइन ?

किन नराम्रो सपना देखिन्छ ? कसरी समाधान गर्ने ? कतै मानसिक रोग त होइन ?

Written By news on Tuesday, 28 June 2016 | 05:31


एजेन्सी/असार १४, काठमाडौं ।
 निन्द्रामा नराम्रो सपना देख्नुहुन्छ ? या कुनै पनि कुरामा आफ्नो ध्यान केन्द्रित गर्न सकिरहनु भएको छैन ? त्यसो भए सावधान हुनुहोस् । यस्तो छ भने तपाईंलाई मानसिक रोग ‘पोष्ट ट्रमाटिक स्ट्रेस डिस्अर्डर (पीटीएसडी)’ को शिकार हुनु भएको हुन सक्छ । मनोवैज्ञानिकहरु भन्छन्, ‘यो रोगबाट पीडित मानिसमा चिडचिडाहट हुने र सानो कुरामा पनि रिसाउने हुन्छ । यो यस्तो समस्या हो, जहाँ अतितका घटनाहरु वर्तमानमा प्रतिक्रिया दिन्छन् ।’ अनुसन्धानका अनुसार बाल्यकालमा मनमा आघात या पारिवारिक तनावले पीटीएसडी हुने सम्भावना बढाउँछ । यौन दुव्र्यवहार, युद्ध अवस्था, सडक दुर्घटनाजस्ता घटनाबाट पनि यस खालको मानसिक समस्या सिर्जना हुन्छ । कहिलकाही यस्तो समस्या भएका मानिसले आत्महत्याको सहारा पनि लिन सक्छन् ।
 १. पीटीएसडीका लक्षण
-चाँडै ब्युझनु या निद्रामा नराम्रा सपना देख्नु
-एउटै घटना बारम्बार देख्नु या याद आउनु
-बिर्सने समस्या -ध्यान केन्द्रित गर्न कठिनाई
-अति सतर्कता, अचानक तीब्र रिस उठ्ने या कहिलेकाहीँ हिंस्रक पनि हुनु
-अचानक डर सिर्जना हुनु
-अकारण मांसपेशीमा पीडा हुनु
-घबराहट र चिन्ता बढ्नु
-अत्यधिक लाज, ग्लानी हुनु
-अत्यधिक भावुक हुनु
२. उपचार
पीडितको मनोदशामा चाँडै सुधार या आघातको लक्षण कम गर्न चिकित्सकले ‘मूड एलिभेटर’ थेरापीको प्रयोग गर्छन् । यसका लागि सम्मोहनको पनि सहारा लिइन्छ । यो विधि उपयोगी साबित पनि भएका छन् ।
३. मनोचिकित्सकीय विधि- यस विधिमा मनलाई शान्त राख्ने, योगा गर्ने, ब्यस्त राख्ने,
४. संज्ञानात्मक व्यवहार थेरापी (कग्निटिभ बिहेबरल थेरापी) :
यो एक वैज्ञानिक वार्तालापको विधि हो । यसमा दर्दनाक घटनाबाट उत्पन्न गलत सोचका बारेमा पीडितसंग कुराकानी गरिन्छ ।
५. आघात केन्द्रित विधि :
यो विधि पीडितलाई आघातसम्बन्धी कुराकानी गर्न लगाएर चिन्ता हटाउने प्रयास गरिन्छ । चिकित्सकको औंला देखाएर कुरा गर्ने विधि ः यसअन्तर्गत पीडितलाई चिकित्सकको औंला देखाएर आघातका बारेमा कुुरा गर्न प्रोत्साहित गरिन्छ । यसबाट पीडितको लक्षणमा सुधार सम्भव हुने मानिन्छ । पीटीएसडीको उपचारमा यो सबैभन्दा उपयोगी तरिका हो । स्वास्थ्य खबरबाट
अझ यस सम्बन्धि  अत्यान्त जानकारीमुलक भिडियो हेर्नुहोस, जसबाट तपाईको समस्या समाधान गर्न अझ उपलब्धिमुलक हुन सक्छ -



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger