|
|
नेपाली अमेरिकन सम्बन्धलाई सुमधुर र सृदृढ बनाउने तथा अमेरिकी युवतीलाई नेपाल चिन्ने, बुझ्ने, प्रबर्दन गर्ने तथा नेपाललाई आफ्नो तर्फबाट सहयोग गर्न अभिप्रेरित बनाउने उद्देश्यले इभेन्ट प्लानेट युएसले आयोजना गरेको मिस नेपाल युएसमा पहिलो पटक मिस नेपाल युएस एम्बेसडरको छनौट गरिएको हो ।
प्रतियोगिताका लागि २५ जना अमेरिकी युवतीहरुले आवेदन दिएका थिए जसमा अन्तिम प्रतिस्पर्धाका लागि दश जना चयन गरिएको थियो । यो प्रतिस्पर्धामा अमेरिकामा जन्मेकी न्युजर्सी निवासी निशा कलामदनी पहिलो मिस नेपाल युएस एम्बेसडर २०१५ का रुपमा चयन भएकी हुन् । प्रथम मिस नेपाल युएएस एम्बेसडर निशा कलामदानी गत जून २२ तारिखमा आठ दिने नेपाल भ्रमणका क्रममा नेपाल आइपुगेकी हुन् । उनको यो भ्रमणलाई न्युयोर्कका लागि नेपालका महावाणिज्यदूत नारायणप्रसाद मैनालीको पहलमा नेपाल पर्यटन बोर्डले व्यवस्थापन गरेको हो । उनको भ्रमण मूलतः नेपालको पर्यटन प्रवर्दनमा केन्द्रित रहेको छ । नेपालबारे सचेतना, यहाँको सांस्कृतिक एवं प्राकृतिक विविधतालाई अन्तर्राष्ट्रिय मंचमा प्रवद्र्धन गर्नुमा उनको यात्रा जोडिएको छ । उनको यो भ्रमण रिबिल्ड नेपाल प्रोजेक्ट सित पनि उत्तिकै महत्वपूर्ण रुपले जोडिएको छ ।
|
|
Post a Comment