बलिउड होस या हलिउड, फिल्ममा हिरो हिरोइन विच किसिङ सिन अहिले अनिवार्य भइसकेको छ।अझ अचेल त फिल्ममा कति किस सिन राख्ने भन्नेमा लहड चलिरहेको छ।यसरी पर्दामा कलाकारले किस सिन दिंदा उनीहरुको वास्तविक सम्बन्धमा पनि केही न केही असर त परिहाल्छ।
यस्तैमा रणविर सिंह र वाणी कपुरको किस सिनले अहिले बलिउड तताइरहेको छ।हालै फिल्म बेफिक्रेका लागि रणविर र वाणीले २३ वटा चुम्बनको दृश्य दिएका छन्।
पर्दामा राखिएका चुम्बनका विषयलाई रणवीर सिंहकी प्रेमिका दिपिकाले कस्तो प्रतिक्रिया दिने हुन भन्ने चर्चा बलिउडमा चल्दै गर्दा दिपिकाले भने यसलाई इग्नोर गरेको पाइएको छ। उनले चलचित्रको माग अनुसार कलाकारले सिनदिन पर्ने भन्दै यसलाई सामान्य रुपमा लिएको बताएकी छिन्।
उनले आफुले पनि विभिन्न फिल्मका लागि चुम्बनको सिन दिएको भन्दै रणविरको किस सिनले आफुलाई केही फरक नपर्ने बताएको भारतीय मिडियाले जनाएको छ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment