
नेकपा क्रान्तिकारी माओवादीले जुलुससहित सिंहदरवार पुगेर प्रधानमन्त्री केेपी शर्मा ओली ओलीलाई ज्ञापनपत्र बुझाएको छ । बबरमहलबाट सुरु भएको जुलुसको माओवादी अध्यक्ष बैद्य आफैंले नेतृत्व गरेका थिए । दक्षिण गेटमा पुगेपछि जुलुस रोकियो भने बैद्यसहितका नेताहरु प्रधानमन्त्री कार्यालय पुगे । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष बैद्यले प्रधानमन्त्री ओलीलाई ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा तराई मधेसमा लामो समयदेखि आन्दोलन भइरुहेको र त्यसलाई नै बाहाना बनाएर भारतले नाकाबन्दी गरेको भन्दै मुलुकुको राष्ट्रिय अस्मिता नै संकटमा परेको उल्लेख छ । बैद्य माओवादीले तराई मधेसमा आन्दोलनरत दलहरुको जायज माग पुरा गर्न सरकारसँग माग गरेको छ । भारतले नेपालको अन्तरिक मामिलामा हस्तक्षेप गर्दै नाकाबन्दी गरेको र यो राष्ट्रसंघ बडापत्र, भूपरिवेष्ठित देशको त्रिकार लगायतविरुद्ध भएको उसले बताएको छ । ज्ञापन पत्रमा भनिएको छ- ‘यस विषयलाई संयुक्त राष्ट्रसंघ लगायतका अन्तराष्ट्रिय मञ्चमा आवाज उठाइयोस् ।’ बैद्य माओवादीले नेपाल भारतबीचको १९५० को सन्धि, गोर्खा भर्ती केन्द्र, व्यापार-पारवहन लगायतका असमान सन्धि सम्झौताहरु खारेजीको घोषणा गर्न समेत माग गरेको छ । उसले तेल, ग्यास र औषधिलगायतका वस्तुहरु आपूर्ति गर्न, कलोबजारी तथा भ्रष्टाचारीलाई कारवाही गर्न र आत्मनिर्भरताका लागि काम सुरु गर्न सरकारसँग मागसमेत गरेको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment