Headlines News :
Home » » बालबाल बचे प्रचण्ड, अष्ट्रेलिया गएको भए जेलमा सढने सम्भावना(पत्रसहित)

बालबाल बचे प्रचण्ड, अष्ट्रेलिया गएको भए जेलमा सढने सम्भावना(पत्रसहित)

Written By news on Thursday, 23 June 2016 | 00:26


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अष्ट्रेलिया भ्रमण एकाएक रोकियो । उनको भ्रमण रोकिएसँगै विभिन्न अडकाल बाजी गर्न थालियो । अष्ट्रेलिया जाने अन्तिम तयारीमा रहेका उनको एकाएक भ्रमण रोकियो । उनको भ्रमण रोकिनाको भित्री कारण उनले दशक लामो गरेको जनयुद्वको कारण बनेको छ ।

दाहालको नेतृत्वमा दशक लामो समय नेपालमा सशस्त्र संघर्ष भएको संघर्षका क्रममा १७ हजार नेपालीको ज्यान लिए । १० वर्षसम्म विद्रोह गरेका दाहाल विरुद्व न्यू साउथ वेल्स प्रिमियरसमक्ष नेपाली मूलका अष्ट्रेलियन नागरिकले उजुरी दिएका थिए ।


माई नेपाल टेलिभिजनका अनुसार न्यू साउथ वेल्स प्रिमियर माइक बेयर्ड समक्ष उजुरी दिएपछि उनको भ्रमण रोकिएको हो । अझसम्मपनि तत्कालिन नेकपा माओवादीलाई अमेरिकाले आतंककारीको सूचीबाट हटाएको छैन् ।

उजुरीका आधारमा भ्रमण रोकिएको हो । भ्रमणका सम्बन्धमा नेपाल पत्राचार गरेको र नेपाललाई न्यू साउथ वेल्सको कार्यालयबाट जवाफ आएको एक पत्र सोहि टेलिभिजनले सार्वजनीक गरेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले मुद्दाको फैसला नभएकाले दाहालले भ्रमण स्थगन गरेको बुझीएको छ । यदि दाहाल अष्टे«लिया गएको थिए भने युद्व अपराधको केसमा स्थानीय जेलमा पर्ने थिए ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger