Headlines News :
Home » » हतार- हतार किन फर्किए २४ नेपाली अफगानिस्तानबाट ? कम्पनीले स्कर्टिङ नदिँदा साथीहरुको ज्यान गयो’

हतार- हतार किन फर्किए २४ नेपाली अफगानिस्तानबाट ? कम्पनीले स्कर्टिङ नदिँदा साथीहरुको ज्यान गयो’

Written By news on Thursday, 23 June 2016 | 00:38


मेरो नाम वीरवहादुर खत्री  । घर इटहरी  ५, सुनसरी  । हाम्रा साथीहरू अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती  आक्रमणमा मारिए । खासमा हामीलाई काममा लगाएको कम्पनीको व्यवस्थापकीय कमजोरीका कारण साथीहरूको ज्यान गएको हो ।


मृतकहरुको शव लिन नेपालबाट जहाज आउँदैछ भन्ने सुनेपछि हामीले नेपाल फर्कन्छौं भन्यौं  । तर कम्पनीको साहुले हामी आफ्नै ढङ्गले फर्काउँछौं, तिमीहरू जान पाउँदैनौं भनेर शुरुमा हामीलाई अनुमति दिएन । तर नेपालको परराष्ट्र मन्त्रालयका अधिकृतहरुले अफगानिस्तानका समकक्षीसँग कुरा गरेर मिलाउनुभयो र उड्न लागेको जहाज पनि रोकेर हामीलाई लिएर आउनुभयो । हामी नेपाल सरकारसँग आभारी छौँ ।


हामीलाई काममा लगाएको ब्रिटिस कम्पनी सेडरले श्रम शोषण गरिरहेको छ । कम्पनीको व्यवहार पटक्कै राम्रो छैन । हामीलाई क्याम्पमा बसाइन्छ । हामी बसेको ठाउँबाट क्यानाडाको  राजदूतावाससम्म पुग्न तीन किलोमिटरको दूरी तय  गर्नुपर्छ । त्यो तीन किलोमिटर पार गर्न बसमा १० मिनेट लाग्छ । तर हामीलाई त्यो १० मिनेट १० घण्टा जस्तै  लामो लाग्छ ।

साह्रै आतंकित भइन्छ यात्राका क्रममा । हामीलाई त्यहाँका स्थानीयले देखि सहदैनन् । गाडी रोकेको ठाउँमा आँखा तरेर हेर्छन् । खाउँला झैँ गरेर हेर्छन् । बाहिरबाट गएकालाई पटक्कै मन पराउँदैनन् । हामी अन्य देशबाट आएर त्यहाँ काम गर्दा उनीहरूको रोजीरोटी खोसिएको जस्तो गर्छन् ।

खासमा कम्पनीले बुलेटप्रूफ  सवारीसाधनमा अघिपछि सुरक्षाा व्यवस्था (स्कर्टिङ) गरेर हामीलाई क्याम्पबाट दूतावाससम्म लैजानुपर्ने हो । अरू कम्पनीले त्यसै गर्छन् । तर हामीलाई भने थोत्रा बसमा कोचेर यात्रा गराइन्छ । बाध्यताले गर्दा हामी त्यस्ता बसमा डराइ डराइ यात्रा गर्न विवश थियौँ । कुनै पनि दिन हामीमाथि आक्रमण हुन सक्छ भन्ने लाग्थ्यो ।

नभन्दै त्यस्तै दुःखद घटना भयो । १२ जना साथीहरू मारिएपछि मुटु काँप्न थाल्यो । धेरै नै डर लाग्न थाल्यो । कम्पनीले हामी चढ्ने बसको अघिपछि स्कर्टिङको व्यवस्था मिलाएको भए साथीहरूको ज्यान जोगिन सक्थ्यो । कम्पनीसँग कुरा गर्‍यो, आश्वासन मात्र दिन्छ, दह्रो व्यस्थापन गर्दैन ।

मेरो तलब नौ सय ५० डलर थियो महिनामा । विरामी पर्दा औषधि  उपचारखर्च पनि दिंदैन कम्पनी । अलि बढी गम्भीर विरामी भएर कम्पनीले खर्च गर्नैपर्ने अवस्था आयो भने नेपाल फर्की  भनेर धम्की दिन्थ्यो  । क्याम्पबाट दूतावाससम्म जाने बाटोमा भरपर्दो सुरक्षा दिने विषयमा कहिल्यै सोंच्दैन । राम्रा बस ल्याउँछु, सुरक्षा दिन्छु भनेर पटक पटक आश्वासन दिने गर्थ्यो  ।

तर त्यो कहिल्यै पूरा गरेन । १२ घण्टा ड्युटी गर्न लगाउँछ । तर ओभरटाईम काम गरेवापत केही पनि दिंदैन । वर्षमा एकचोटी बोनस  पनि दिंदैन  । लगाउने कपडा (युनिफर्म) पनि आफ्नै खर्चमा किन्नु पर्छ ।

अब  म त कहिल्यै पनि अफगानिस्तान जान्नँ । र अन्य नेपाली साथीहरूलाई पनि त्यहाँ नजान सुझाव दिन्छु । त्यहाँ जानु भनेको काल खोज्नु हो । त्यहाँ भएका साथीहरूलाई पनि म नेपाल फर्कन सुझाव दिन्छु । ज्यानै माया मारेर किन काम गर्ने ?   लाेकान्तरबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger