Headlines News :
Home » » समस्या नरहेको अस्ट्रेलिया राजदूतद्वारा अध्यक्ष दाहाललाई जानकारी..

समस्या नरहेको अस्ट्रेलिया राजदूतद्वारा अध्यक्ष दाहाललाई जानकारी..

Written By news on Tuesday, 28 June 2016 | 01:35

काठमाडौँ, १४ असार ।
 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच भेटवार्ता भएको छ ।

दाहाल निवास लाजिम्पाटमा आज भएको भेटवार्तामा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान कार्यान्वयनका बारे छलफल भएको थियो । शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न, मधेसी, थारु जनजातिलगायतको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माण कार्यलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक रहेको अध्यक्ष दाहालले बताउनुभएको थियो ।

भेटका क्रममा अष्ट्रेलियाली राजदूतले अष्टे«लिया भ्रमण स्थगन गर्नुभएको विषयमा चासो राख्दै सञ्चारमाध्यममा आए जस्तो स्थिति नभएको तथ्य अवगत गराउनुभएको थियो । उहाँले आफू नियमित रुपमा सरकार, प्रहरी प्रशासन र महान्यायाधिवक्ताको सम्पर्कमा रहेको र त्यस क्रममा कुनै समस्या रहेको नपाएको तथ्य राजदूत ह्वाइटले जानकारी गराउनुभएको थियो ।

आफू मुलुकको राजनीतिक अवस्था र पार्टी कामकै कारण तत्काल अष्ट्रेलिया भ्रमणमा जान नसकेको प्रस्ट पार्दै अध्यक्ष दाहालले उचित समयमा भ्रमण तय गरिने बताउनुभयो ।

सो अवसरमा अध्यक्ष दाहालले नेपालको राजनीतिक विकास प्रक्रिया सहज रुपमा अगाडि बढाउन आफू प्रयासरत रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले भूकम्पपछिको पुनःनिर्माणमा अष्ट्रेलिया सरकारले पु¥याइआएको सहयोगप्रति धन्यवाद पनि दिनुभएको थियो ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger