Headlines News :
Home » » केपी ओली झन् बलियोः एकाएक राजनीतिले लियो अर्कै मोड..

केपी ओली झन् बलियोः एकाएक राजनीतिले लियो अर्कै मोड..

Written By news on Tuesday, 14 June 2016 | 01:47

काठमाडौँ – बजेट भाषणपछि केपी शर्मा ओली सरकार परिवर्तन गर्ने विषयले निकै चर्चा पाएपनि हाल त्यो विषय सेलाउन थालेको छ । त्यसो त सत्तापक्ष दल नेकपा माओवादी केन्द्र, प्रमुख विपक्षी नेपाली कांग्रेस र केही मधेसवादी दलले सरकार परिवर्तन गर्नुपर्ने जोडदार माग गरेका थिए । त्यतिमात्र नभएर एमाले भित्रैबाट पनि माओवादीसँग भएको भद्र सहमति पालना गर्नुपर्ने भन्दै सरकार परिवर्तन हुनुपर्ने माग उठेको थियो । तर, ओलीले आफ्नो अडानमा अडिग हुँदै तत्काल सरकार नछाड्ने बताए र अहिले सरकार परिवर्तनको विषय पनि सेलाउन थालेको छ ।

माओवादी नै पछि हट्यो
त्यसो त सत्तापक्ष माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला देश दौडानमा लागेका छन् । केही समयअघिमात्र ‘एनि हाऊ मेरो नेतृत्वमा सहमतिय सरकार बनाउँ’ भन्दै हिँडेका प्रचण्ड यतिबेल ओलीकै नेतृत्वमा भएपनि सहमतिय सरकार हुनुपर्छ भन्न थालेका छन् । त्यसो त ओली सरकार परिवर्तन गरेर कांग्रेस, एमालेको सहमतिमा आफू प्रधानमन्त्री बन्ने मनसाय बनाएका प्रचण्डले सोचे अनुसार नभएपछि पछि हटेको स्रोत बताउँछ ।
सरकार परिवर्तनमा लागेका कांग्रेस सभापति शेरबहादुर देउवा आफै प्रधानमन्त्री हुनु दाउँमा रहेको र एमालेबाट बिरोध जनाएका नेताले पनि प्रधानमन्त्रीको पद पाए पड्काउने चाल पाएपछि प्रचण्ड पछि हटेका हुन् ।
त्यसो त जनताले ओली सरकारलाई केही समय काम गर्न दिनुपर्ने बताइरहेका बेला भर्खरै मात्र १० माओवादी घटकको एकीकरणपछि शक्तिशाली बन्दै गरेको पार्टीलाई लाग्न सक्ने सरकार ढालेको आरोप उनी लिन चाहन्नन् ।

स्रोतका अनुसार चीनबाट पनि माओवादीलाई ओली सरकार नढाल्न दबाब आइरहेको छ । त्यसैले पनि सरकार परिवर्तनको विषयमा माओवादी लचिलो भएको देखिएको हो ।

कांग्रेस नेता पनि सरकार नढाल्ने पक्षमा
सभापति देउवाले सरकार परिवर्तन गर्न वैशाख अन्तिमतिर फालेको पहिलो जालले काम नगरेपछि दोश्रो पटक धेरै सक्रियता देखाएनन् । तर, पनि सरकार परिवर्तनको पक्षमा उनी निकट नेताहरु लागिरहे । देउवा यदि ओली सरकार ढलेको खण्डमा आफै प्रधानमन्त्री हुने दाउँमा रहेकाले पनि सरकार परिवर्तन हुने समभावना झनै कम रह्यो । त्यै पनि अझै देउवा पक्षमा नेता भने सरकार परिवर्तनको विकल्प नभएको बताउँदै हिँडिरहेका छन् । प्रमुख विपक्षी भएको नाताले पनि कांग्रेसले सरकार परिवर्तन गर्नुपर्छ भन्नु स्वभाविक मानिएको छ । तर, उसकै केही प्रमुख नेताले सरकार परिवर्तन गर्नुहुन्न भन्ने बताउनुले भने देउवालाई झनै पीडा थपिएको छ ।
हाल कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, नेतृ सुजाता कोइराला, युवा नेता गगन थापा लगाएतका नेता सरकार परिवर्तन गर्ने पक्षमा छैनन् ।

विगतमा बनेका सरकारले पनि खासै केही गर्न नसकेकाले एकपटक ओली सरकारले के गर्छ त कांग्रेसले त्यसलाई नियाल्नुपर्ने पक्षमा उनीहरु रहेको स्रोत बताउँछ । यदि ओली सरकारले राम्रै काम गरेपनि त्यसको विरोध गरेको जस कांग्रेसलाई नजाओस् र आश्वासन बाँडेर सोचेअनुसार काम गर्न नसके ओली सरकार जनताको नजरमा आफै गिर्ने भएकाले उनीहरु ‘पर्ख र हेर’ को रणनीतिमा रहेका छन् ।
सरकार परिवर्तनको विषयमा कांग्रेसका धेरै केन्द्रीय सदस्य मौन छन् भने केहीले सार्वजनिक रुपमा ओलीले राम्रा योजना ल्याएकाले का गर्न दिनुपर्ने पक्षमा छन् ।

पौडेलले सरकारको भन्दा कांग्रेसलाई संविधान कार्यान्वयनको बढी चिन्ता भएको बताउँदै सरकार परिवर्तनको खेलमा कांग्रेस नलाग्ने बताउँछन् । त्यस्तै, सिटौलाले पनि सरकारलाई केही समय काम गर्न दिनुपर्ने र पछि यसको असली रुप आफै देखिने मनसाय बनाएका बसेका छन् । उता सुजाता भने यही सरकारलार्य अझै लामो समयसम्म काम गर्ने अवसरका दिनुपर्ने पक्षमा छिन् । सरकार ढालने, बनाउने खेलले देशमा अस्थिरता नित्याउने हुँदा त्यसमा कांग्रेस लाग्न नहुने उनको बुझाइ छ । त्यसैगरी गगन पनि अहिलेको अवस्थामा राष्ट्रिय सहमति हुनसके मात्र सरकार परिवर्तन गर्नुपर्ने पक्षमा छन् । अर्को चुनावसम्म सरकार परिवर्तनको खेलमा राजनीतिक दल लागिरहँदा संविधान कार्यान्वयनलाई असर पुग्ने उनको बुझाइ छ ।

एमाले नेता मौन
माओवादीले सरकार परिवर्तनको विषयलाई उचालेपछि उग्र बनेका एमाले नेता झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम पनि यतिबेला मौन छन् । उनीहरु आफै सरकार परिवर्तनको खेलमा लाग्दा पार्टीभित्र गलत सन्देश जाने हुँदा यदि सत्तापक्ष दल माओवादीले सुर कसेमा सहयोग गर्ने तर आफै अघि नसर्ने पक्षमा छन् ।

ओलीको सपना पुरा हुने संकेत
सरकार परिवर्तनमा राजनीतिक घटनाक्रम स्थिर हुन थालेपछि ०७३ माघमा चुनाव गराएर सरकार छाड्ने ओलीको सपना पुरा हुने देखिएको छ । तर, उनीमा चुनौती भने उतिनै थपिएको छ ।
जनतालाई ठूलाठूला सपना देखाउँदै उनीहरुको विश्वास जितेकाले पनि ओलीसामू ती सपना पुरा गर्न ठूलो चुनौती खडा हुने देखिन्छ । अबको करिब डेढ वर्षमा ओलीले जनतामा बाँडेको सपना, संविधान कार्यान्वयन, स्थानीय निकायको चुनाव आदी पुरा गर्नुपर्ने हुन्छ ।

जनताले ओलीको काम निकायली रहेका छन् । बाँडेका सपना पुरा हुन्छन् या हुँदैनन्, त्यो भने हेर्न बाँकी नै छ ।

– काठमाडौँ टुडेबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger