|
|
मंगलबार बिहान करिब पाँच बजे मर्निङवाक निस्किएका बस्ताकोटीले अस्पतालको चौथो तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
कामनपा ७ चाबहिलबाट मर्निङवाक निस्किएका गोपिकृष्ण मंगलबार बिहान ६:५० बजे केएमसी अस्पतालको चौथो तलाबाट हामफालेका हुन् । हामफाल्दा गम्भीर घाइते गोपिकृष्णको उपचारका क्रममा बिहान आठ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । -
प्रहरीले अस्पतालको चौथो तलामा गोपिकृष्णले लगाएको जुत्ता फेला पारेको छ भने उनको गोजीमा सुसाइड नोट भेट्टाएको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी नवराज कार्कीले भने, ‘घटनाको विषयमा अनुसन्धान भइराखेको छ । यथार्थ विवरणका लागि हामीले अस्पतालसँग सिसिटिभी फुटेज मागेर अनुसन्धान अगाडि बढाएका छौँ ।'
बस्ताकोटीको शव पोष्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल लगिएको डिएसपी कार्कीले बताए ।
गोजीमा सुसाइड नोट
बस्ताकोटीले एक टुक्रा कागजको दुई साइडमा सुसाइड नोट लेखेरै हाम फालेको भेटिएको छ । बस्ताकोटीको गोजीबाट प्रहरीले निकालेको कागजको टुक्रामा सुसाइड नोट भेटिएको हो ।

अशुद्ध भाषामा लेखिएको सुसाइड नोटको आशय यस्तो छ, ‘अस्पताललाई क्षतिपूर्ति नमाग्नु, दोष मेरो । सोझै लाश बुझ्नु ।'
सोही कागजको अर्को टुक्रामा पुन लेखिएको छ, ‘दोष सबै मेरो, परिवारलाई केही थाहा छैन । यो दोष मेरो, अस्पताललाई दोष नदिनु ।'
सुसाइड नोटमा परिवारका सदस्यको नाम उल्लेख नगरी टेलिफोन नम्बर समेत लेखिएको छ । सोसाइड नोटको अन्तिममा लेखिएको छ, ‘९८४१४१०१४६ चाबहिल फोन गरिदिनु।'
गोपिकृष्णले अस्पतालमै पुगेर कसरी आत्महत्या गरे भन्ने कुरामा अस्पताल प्रशासन समेत आश्चर्यमा परेको छ ।
केएमसी अस्पतालका प्रशासन प्रबन्धक प्रकाश भट्टराईले भने, ‘अस्पतालसँग सम्बन्धित कोहीसँग चिनजान छैन । अचानक मंगलबार बिहान अस्पताल परिसरमा भएको घटनाले हामी आश्चर्यमा छौँ ।'
भट्टराईले अस्पताल प्राङ्गणमा भएको यो घटनाले सम्पूर्ण अस्पताल परिवारलाई दुःखी बनाएको बताए ।
|
|
Post a Comment