Headlines News :
Home » » पुलबाट हामफाल्दा बृद्धको मृत्यु..

पुलबाट हामफाल्दा बृद्धको मृत्यु..

Written By news on Tuesday, 14 June 2016 | 02:11

जेष्ठ ३२, २०७३- गोरखा र धादिङको सीमामा रहेको बुढीगण्डकी नदीमाथि रहेको पुलबाट हामफाल्दा एक बृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाका अनुसार गोरखा ताप्ले- ७ का ७६ वर्षीय डिल्लीराम भट्टको नामजुङ् गाविसमा रहेको बेनीघाट पुलबाट हामफाल्दा बुढीगण्डकीले बगाएर मृत्यु भएको हो ।

भट्टले पुलमाथिबाट हाम्फालेको सूचना प्रहरीलाई प्राप्त हुनासाथै प्रहरीले गोरखा र धादिङको दुबै किनारमा उनको खोजी गरेको थियो । भट्टको लास धादिङको मैदी गाविस– ९ को गजियार भन्ने स्थानमा फेला परेको थियो ।

मृतक भट्टले पुलबाट हामफाल्नु अघि पुलमा खोली छाडेको कपडा समेत प्रहरी फेला पारेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ । बृद्धले पुलबाट हाम्फाल्नुको कारण खुल्न नसकेको र परिवाजनलाई खबर पठाइ सकिएको प्रहरीले जनाएको छ ।

मोबाईल टावरबाट खस्दा मृत्यु

यसैगरी धादिङ जिल्लासँगै जोडिएको गोरखाको आरुघाट बजारमा रहेको नेपाल टेलीकमको टावर मर्मत गर्ने क्रममा टावरबाट खसेर एक जना प्राविधिक कामदारको मृत्यु भएको छ ।

हुवावे कम्पनीबाट बिग्रेको मोवाइल टावरका उपकरणसहित मर्मतका लागि आएका अनिल ताम्राकारको मृत्यु भएको हो ।

गोरखाको आरुचनौटे–१ को आरुघाट बजारमा रहेको टावरमा खराबी आएपछि राजधानीदेखि मर्मतका ताम्राकार आएका थिए । थानकोट निवासी २४ वर्षका अनिल ताम्राकार टावरबाट खसेर गम्भीर घाइते भएका थिए ।

उनलाई सामान्य उपचार पछि थप उपचारको लागि राजधानीको न्यूरो अस्पताल भर्ना गरिएको भएपनि उपचारकै क्रममा मृत्यू भएको आरुघाट स्थित प्रहरीले जनाएको छ । उनी २० मिटरको उचाईबाट खसेका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger