गोरखा जिल्लाको केरौंजा गाविस वडा नं. ९ यारु बगरमा नेपालकै पहिलो क्यान्टिलिभर पुल (ढुङ्गामा खोपेर बनाईएको पुल) बनाउने काम सम्पन्न भएको छ । नेपालमा नै पहिलो पटक सम्पन्न भएको १९५ मिटर लामो उक्त पुल चट्टानि ढुंगामा खोपेर बनाईएको छ। यही बैशाख २ गतेबाट सुरु गरिएको सो पुल जेठ २८ गते निर्माण कार्य पूरा भएको हो। पुल ४ करोड ५० लाखको लगानीमा निर्माण भएको भुगर्वविद् भास्कर खतिवडाले बताउनुभयो। उक्त पुल निर्माण कार्यको लागि Department For International Development (DFID) र सामर्थ नेपालको आर्थिक सहयोग, AF-ITECO स्विजरल्यान्डको प्राविधिक सहयोग, निर्माण व्यवस्थापन र बालाजु यन्त्रशालाबाट निर्माण सम्पन्न गरिएको हो। साथै, जिविस गोरखा र जिल्ला प्राविधिक कार्यालय गोरखाको प्रत्यक्ष निगरानि र अनुगमनमा पुल निर्माण भएको हो।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment