चाइनामा दुईवटा टाउको भएको सुँगुरको बच्चा जन्मिएको खवर विश्वभर भाइरल भएको छ । उक्त बच्चाको दुई वटा टाउको, तीन वटा आँखा, दुई वटा नाक र दुई वटा मुख रहेको छ ।
चाइनाको सिचुवान प्रोभिन्समा एक किसानको घरमा जन्मिएको उक्त सुँगुरको बच्चा हेर्न दैनिक सयौं स्थानिय बासिन्दाहरुको घुईचो लाग्ने गरेको समाचार पिपल्स डेली अनलाईले जनाएको छ ।
उक्त सुँगुरको बच्चा पालनपोषणमा सहयोग पुगोस भन्ने मनसायका साथ स्थानियहरुले सुँगुर धनी किसानलाई पैसा समेत सहयोग गरेको समाचारले विश्वको ध्यान तानेको छ ।
झोङ गुयुआन नाम भएका किसानको घरमा जन्मिएको सुँगुरको बच्चालाई उनले बिगत तीन वर्षले पालन पोषण गर्दै आएको जनाएका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment