Headlines News :
Home » » बागमती नदीबाटै बिजुली, ठेकेदारद्वारा सर्भेसमेत सम्पन्न ..

बागमती नदीबाटै बिजुली, ठेकेदारद्वारा सर्भेसमेत सम्पन्न ..

Written By news on Wednesday, 8 June 2016 | 21:24


काठमाडौं, २७ जेठ - पानी नभएर ढल बगिरहेको बागमतीबाट अब चाँडै बिजुली बाल्ने योजना सुन्दा असम्भवजस्तै लाग्छ। तर, काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजनाले बागमतीबाट बिजुली निकाल्न ठेक्कासमेत आह्वान गरिसकेको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार बागमतीमा थप शक्तिशाली ढल प्रशोधन केन्द्र राख्ने र त्यसबाट बिजुली निकाल्ने योजनामा काम सुरु भएको हो।

समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहका अनुसार बागमतीमा मिसिने ढल पनि शुद्ध पानीमा परिणत हुनेछ भने प्रशोधन यन्त्रको पंखाबाट बिजुली पनि निकालिनेछ।

योजना अनुसार गुह्यश्वरीबाट पहिलो चरणमा दुई सय ४० किलोवाट प्रतिघन्टा बिजुली उत्पादन हुनेछ।‘हामीले अत्यन्तै कडा मापदण्ड राखेर ढल प्रशोधनको काम अघि बढाउने सहमति गरेका छौं,’ सिंहले भने।

ढल प्रशोधनका लागि प्रयोग गरिने शक्तिशाली मेसिनमा चल्ने पंखाबाट प्रतिघन्टा दुर्ई सय ४० किलोवाट बिजुली निकाल्न सकिनेमा विदेशी ठेकेदारले सहमति जनाएर काम अघि बढाइएको छ।

एसियाली विकास बैँकले उपलब्ध गराउने ऋण सहयोगमा केयूकेएलको मेलम्ची २ आयोजना कार्यान्वयन निर्देशनालयले हालसालै ठेक्का लगाएपछि ठेकेदारले स्थलगत अध्ययन र सर्भेसमेत सम्पन्न गरिसकेको छ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger