Headlines News :
Home » » सरकार परिवर्तन हैन प्रधानमन्त्री ज्यु मध्यावधि चुनाव गराउनुहोस् : पौडेल

सरकार परिवर्तन हैन प्रधानमन्त्री ज्यु मध्यावधि चुनाव गराउनुहोस् : पौडेल

Written By news on Wednesday, 8 June 2016 | 22:45

जुन काम गरेर पछुताउनु पर्दैन त्यही काम गर्नु पर्छ। सपना देख्दैमा ठूलो मूल्य चुकाउनु पर्दैन। सानो सपना देख्दा सानो फल पाइन्छ भने ठूलो सपनाले ठुलै फल मिल्छ। सपना देख्नेहरुले बोल्ने गर्छन। देखेको सपनालाई साकार पार्न बोल्दै, लक्ष्य बनाउदै अनि लक्ष्य अनुसार काम गर्दै जान्छन। यसरी गर्दै गएर बोलेको कुरा पूरा गरि छाड्छन्। अनि इतिहास रच्नका लागि समाज र राष्ट्रका लागि मरिमेट्छन।
जुन काम प्रधानमन्त्री केपी ओलिबाट भैरहेको छ। केपी ओलिले प्रधानमन्त्रीको उमेदवारी दिदैगर्दा भनेका थिए “मलाइ भोट दिनेहरुले किन भोट दिएछु भनी पछुताउने बनाउने छैन बरु भोट नदिनेहरुलाई किन भोट दिएनछु भनेर संधै बाडुली लागिरहने छ”। उनले भनेका कुराहरुलाई आज व्यवहारबाट पुष्टि गर्दै छन। उनी स्पस्ट बोल्छन सत्य कुरा बोल्छन त्यो कुरा लक्ष्यका साथ काम गरि दुनियाले देख्ने गरि व्यवहारबाट उतार्ने काम गर्छन्। उनको बोलीमा बिचार हुने गर्छ। उनले देखेको सपनामा सुन्दर भविस्यको नेपाल लुकेको छ। उनले दिएको बिचारलाई व्यवहारमा लागू गर्न सबै देशभक्त नेपालीहरुले आ-आफ्नो ठाउँबाट लाग्नु पर्छ ता कि उनको सपनाले नेपालमा मुहर्तरुप पाओस् किनकि देशको भविश्य त्यो सपना संग जोडिएको छ।

उनले छिमेकी राष्ट्र भारतको भ्रमणमा जाँदै गर्दा राष्ट्रलाई क्षति हुने कुनै काम म बाट हुदैन भनेका थिए त्यो काम उनले व्यवहारबाट देखाइदिए। छिमेकी राष्ट्र चिनको भ्रमण गर्दै गर्दा उनले परनिर्भर भएर होइन आत्मनिर्भर भएर बाँच्ने बाताबरण निर्माण गर्छु भनेका थिए। त्यो इतिहासमै पहिलो पटक पार्वहन सन्धी गरेर दुनियाले देख्ने गरि परनिर्भरताबाट आत्मनिर्भरता हुने बाताबरण सृजना गरिदिए। त्यही भएर आज सामाजिक संजाल, बिभिन्न बुद्दिजिवीहरु हरेक राजनितिक बिश्लेशकहरु र विभिन्न संचार माध्यमहरुले प्रधानमन्त्री केपीको गुणगान गाउदै हिडिरहेका छन। बिकाश र संबृद्दीका लागि नेपाललाई उठाउने संभावित कुराहरुको सपना उनले देखिरहेका छन्।  राजनीतिलाई आफ्नो निजि र पार्टीको स्वार्थमा मात्र सिमित गराउने नेताहरु भन्दा केपी ओलिको उचाइ र लोकप्रियता बढिरहेको छ।

त्यसैले उनी संधै इतिहास पुरुष भैरहने छन। देशको राजनितिलाइ अस्थिर बनाउने अनि धमिलो पानीमा ढुङ्गा हान्दै चोर बाटोबाट देशलाई ब्रम्मलुट गर्न नपाएर काँग्रेश छट्पटाइ रहेको छ। काँग्रेस कै पालामा २५ बर्ष पहिले उध्घाटन भएको मेलम्ची खाने पानी आयोजना अहिले सम्म काठमाडौमा आउन सकेन त्यो भित्र भ्रष्टाचारको कति खेती भैरहेको छ त्यो कंग्रेस सभापती देउवालाई सोध्नु पर्छ। जसको कारण देउवा कुनै दिन जेल गएका थिए। मेलम्ची आयोजनाले काठमाडौका जनताको घरघरमा पानी होइन भ्रष्टाचारले काँग्रेसी नेताको भकारी भरिएको छ। फास्टट्र्याकको योजनालाई पनि मेलम्ची झै गर्न उनिहरुलाई मौका नदिएकोले उनिहरुको निद हराम मात्र होइन १०६ डिग्रीको ज्वरो आएको छ। उसका कार्यकालका सरकारहरु नेपालका विभिन्न उद्योग कलकारखानाहरु बन्द गराइ भारतलाई खुसि पार्न मै सिमित रहे। जसको कारण नेपाल संधै परनिर्भरता मै बाँच्नु पर्‍यो।

आज कांग्रेस कै कारण देशको दक्ष जनशक्ति बिदेशिएको छ। उता आबेगमा आइ बिबेग प्रयोग गर्न नजान्ने कसैको लहैलहैमा दौडि हाल्ने लडाकुलाई अयोग्य बनाइ करौडौको खेतीपातीमा पल्केका आफू पदमा हुदा सिन्को नभाचेका बरु छास्स छुस्स गरि कहिले पशुपती कहिले सेनापतीलाई चलाइ आफ्नो पद धराप गराएका नेता प्रचण्डले हैसियत बिनाको गफ चुड्दै सरकारको नेतृत्वको सपना देख्दै छन। त्यो अहिले संभव छैन। त्यस्तै भारतको दानापानी खाइ नेपालीको छात्तीमा लात हान्दै जातिबादको कुरा ल्याएर भारतको चौकिदार गर्न समाजबाट पतित मान्छे बटुल्दै डा.बाबुराम भट्टराई फेरि पनि देशलाई परनिर्भर गराउनमा तल्लिन भै नयाँ शक्ति भन्दै प्रधानमन्त्रीको बद्ख्वाइ गर्दै आफुलाई विद्वानको परिचय दिइरहेका छन। विद्वान बाबुरामले देशको निम्ति आफ्नो कार्यकालमा केपी ओलिको भन्दा कुन सपना देखे अनि बिकासको आबिस्कार गरे डा. बाबुरामले? जनतालाई उत्तर दिनै पर्छ।

अहिले सरकार फेरबदल गर्ने समय होइन बरु देशको माया छ भने केपी ओलिले लगाएको बाटोमा कांग्रेसका देउवा प्रचण्ड, बाबुरामहरु मिलेर देश बनाउने काम गर। यदि त्यस्तो गर्दैनौ भने नेपाली जनताले तिमीहरुले नेतृत्व गरेको सरकार हेरि सकेका छन। नेपाली जनतालाई बहुलाकुकुर भुकेको झै गरि भ्रम सिर्जना नगर।

देशको बिकाश र समृद्धि चाहिएको हो भने केपी ओलिलाई काम गर्न देउ। तिमीहरु काम गर्नेलाई काम गर्न दिदैनौ भने तिमीहरु तयार हौ मध्यावती चुनाव गर्न अनि केपीले देखाइदिने छन। अनि कसको हैसियत कति जनताले नै छुट्याउने छन।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger