गोलबजार (सिरहा)। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज बिहान यात्रुबाहक बस ट्रकसँग जुधेलगतै आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायका अनुसार ना५ख ८५३८ नम्बरको यात्रुबाहक बस र ना२ख ४२९४ नम्बरको ट्रक जुधेको हो । दुर्घटनामा एक नाम र पहिचान खुल्न नसकेकी एक महिलाको जलेर मृत्यु भएको र बाँकी घाइते यात्रुको उपचार गोलबजारको विभिन्न अस्पतालमा भइरहेको उनले जानकारी दिए । आगलागीबाट बस पूर्णरुपमा क्षति भएको छ । बससँगै यात्रुको समान समेत जलेर नष्ट भएको छ । अहिले मुसलाधारे पानी परिरहेकाले यात्रुको उपचारको व्यवस्थापन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ । रासस
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment