Headlines News :
Home » » अफगानिस्तान घटनाः श्रीमानको शव नेपाल आएपछि जेठी-कान्छी श्रीमतीबीच यस्तो लफडा..

अफगानिस्तान घटनाः श्रीमानको शव नेपाल आएपछि जेठी-कान्छी श्रीमतीबीच यस्तो लफडा..

Written By news on Thursday, 23 June 2016 | 02:41


भैरहवा, ८ असार ।

 अफगानिस्तानमा आतंकवादी आक्रमणमा परेर ज्यान गुमाएका रुपन्देहीका एक पुरुषको दाहसंस्कार गर्ने विषयमा दुई श्रीमतीबीचको झगडाले तनाव मच्चिएको छ । काबुल घटनामा मृत्यु भएका वुटवल रुपन्देहीका ४१ बर्षीय जितेन्द्र थापाको शब बुधवार साँझ भैरहवामा ल्याइएको छ । थापाको शव नेपाल एअरलाइन्सको जहाजमा सरकारले काठमाडौं ल्याएको थियो भने काठमाडौंबाट सोझै नेपाली सेनाको हेलिकप्टरले भैरहवा ल्याइएको थियो । थापाको शब नेपाली सेनाले भैरहवा ल्याइसकेपछि उनको जेठी र कान्छी श्रीमती भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आएका थिए । थापाको शव बुझ्ने क्रममा जेठी श्रीमति गौमती थापा र कान्छी श्रीमती सञ्जिता थापाबीच विवाद उत्पन्न भयो ।


जेठीसँग जितेन्द्रको सम्बन्धविच्छेद भइसकेकोले श्रीमानको शव बुझ्ने र अन्त्येष्टि गर्ने अधिकार आफूले पाउनुपर्ने भन्दै काठमाडौमै दाबी गरेकी थिइन् तर कान्छी श्रीमतीको विवाह दर्ता समेत नभएकोले प्रमाण नपुगेको भन्दै रुपन्देही प्रशासनको पहलमा शव रुपन्देही ल्याइएको हो । त्यसपछि शव आएको केहीबेरमै कान्छी श्रीमती पनि काठमाडौंबाट बुद्ध एअरमार्फत भैरहवा आएकी थिइन् । -
दुबै श्रीमती, सामाजिक अगुवा शिव सुवेदी, रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालसहित, जेठी र कान्छीतर्फका आफन्तबीचको छलफलपछि अन्ततः दुबै श्रीमतीले भैरहवास्थित बिमानस्थलमै शव बुझे ।
श्रीमतिसँग छुट्टिएर कान्छीसंगै बस्दै आएको खुलेको छ । जेठी श्रीमतीसहित २ छोराले थापालाई मानाचामलको मुद्दा हाली जिल्ला अदालत रुपन्देहीको फैसला अनुसार छुट्टिएर बसेका थिए । पछिल्लो समय थापा कान्छी श्रीमतीसँग काठमाडौं बस्दै आएका थिए । यही २०७३ फागुनमा नेपाल आई कान्छी पट्टिको छोराको न्वारन गरी अफगानिस्तान फर्केका थापा अब कहिल्यै नफर्कने गरी बाकसमा नेपाल फिर्ता भएका छन् ।


श्रीमतीतर्फ २ छोरा छन् भने कान्छीतर्फ १ सन्तान छन् । जेठी श्रीमतीका परिवारले क्रिस्चियन धर्म मान्ने हुँदा क्रिस्चीयन धर्मअनुसार अन्तिम संस्कार गर्ने र कान्छीले थापा र आफू हिन्दू भएको हुँदा हिन्दू संस्कार अनुसार अन्तिम संस्कार गर्नुपर्ने दाबी गरेका छन् । अन्तिम संस्कार सामाजिक रीतिरीवाज र घरसल्लाह गरेर गर्ने गरी शव बुझाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । थापाको बिहीबार बुटवलमा दुबै श्रीमती र घरको सल्लाह र सहमतिमा दाहसंस्कार गरिने सामाजिक अगुवा शिव सुवेदीले दैनिक नेपालले बताए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger