|
|
८ असार, काठमाडौं ।
काबुल आक्रमणमा गम्भीर घाइते भएका च्याङ्बा तामाङको मृत्यु भएको छ । यससँगै आक्रमणमा मारिने नेपालीको संख्या १३ पुगेको छ । सोमबार अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा १२ नेपालीको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । मृतकको शव बुधबार काठमाडौं ल्याइएको छ । घाइते पाँच जनालाई उप उपचारका लागि भारत ल्याइएको छ । च्याङ्बा र अर्का एक घाइतेको भने अफगानिस्तानकै अस्पतालमै उपचार भइरहेको थियो । उपचारका क्रममा च्याङ्बा मृत्यु भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ । साथै शव नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गर्न कार्यबाहक राजदूत तीर्थ अर्याललाई निर्देशन दिइएको छ ।
|
|
Post a Comment