|
|
सोमबार बजारमा आएको नोटको पछाडि चितवनमा पाइने गैंडाको केटोसहितको तस्बिर छ। नेपाल राष्ट्र बैंकले हिजो सोमबार सार्वजनिक गरेको सूचना अनुसार बजारमा आइसकेको सय रुपैयाँको नोटमा माउ र केटो गैंडाको तस्बिर छ।
राष्ट्र बैंकले नक्कली नोटको बिगबिगी भएपछि विशेष छपाइमा सावधानी अपनाएके छ। पछिल्लो समय छापिएका नयाँ नोटका विशेषतामा व्यापक परिवर्तन गरेको छ। नयाँ नोटमा सुरक्षा धागो, जनावरको चिह्न लगायतमा परिवर्तन गरेको हो। सयको नोटमा अशोक स्तम्भको चित्रसँगै दृष्टिविहीनले छामेर नोट पहिचान गरुन् भनेर एउटा कालो थोप्ला समेत राखिएको राष्ट्र बैंकले जनाएको छ।
नोटको पानी छापमा पहिले जस्तै लालीगुँरासको फोटो राखिएको छ। फिट मेडल फिचरमा मायादेवीको चित्र छ। यसको साथै अंग्रेजी भाषामा ‘लुम्बिनी– द बर्थ प्लेस अफ लर्ड बुद्ध’ पनि लेखिएको छ। नोटको बोर्डरमा नेपालीमा विसं २०७२ र अंग्रेजीमा २०१५ एडी लेखिएको छ।
पहिलोपटक गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको सय दरका नयाँ नोट चीनमा छापेर ल्याइएको हो। उनी पोहोर चैत ५ गते राष्ट्र बैंकको गभर्नर नियुक्त भएका थिए। उक्त नोट प्रमाणीकरण गरेर सोमबारदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ।
नागरिकबाट
|
|
Post a Comment