Headlines News :
Home » » ४ करोड ३३ लाख सकियो गाडी गुड्ने सडक बनेन..

४ करोड ३३ लाख सकियो गाडी गुड्ने सडक बनेन..

Written By news on Tuesday, 14 June 2016 | 04:21

जाजरकोट– सदरमुकाम खलंगादेखि ढिमे गाविसको पाँचकटियासम्म सडक निर्माण भएको ५ वर्ष बढी भयो। तर अहिलेसम्म उक्त सडकमा गाडी गुड्न सकेको छैन्। झण्डै साढे ४ करोड रकम खर्च भएर निर्माण भएको उक्त सडक गाडी गुड्न नमिल्ने भएपछि सदरमुकाम लगायत विभिन्न ९ गाविसका हजारौं सर्वसाधरण मर्कामा परेका छन्। २२ किलोमिटर लम्वाई रहेको खलंगा पाँचकटिया सडक निर्माणका लागि जिल्ला विकास समितिले आन्तरिक स्रोत र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, शान्ति सामाजिक द्वन्द्व समाधान र अग्रगमन कार्यक्रमको अनुदानबाट १ करोड ५२ लाख र सडक विभाग डिभिजन कार्यालय सुर्खेतको ८२ लाख र डिभिजन कार्यालय चौरजहारीको १ करोड ९८ लाख स्तरोन्नतिका लागि गरी ४ करोड ३३ लाख रकम खर्च भइसकेको सडक विभागले जनाएको छ। सडक निर्माणमा जिल्ला विकास समिति र सडक विभागले बेइमानी गरेका कारण ठूलो रकम खर्चेर बनेको ५ वर्षसम्म पनि गाडी गुड्न नसकेको स्थानीय निर्माण व्यावसायी टोपबहादुर थापाले बताए। पैसाको 'चलखेल' गर्दै प्राविधिकले गतिलो काम नगरेका कारण ठूलो रकम खर्चेर पनि गाडी गुड्न नसकेको थापाले दाबी गरे। खलंगा पाँचकटिया सडक निर्माणमा ठूलो भ्रष्टाचार भएका कारण जनता ठगिएको थापाले जनाए। सुरुमा खलंगादेखि पाँचकटियासम्मको सडकको ट्रयाक खोल्ने काम जिल्ला विकास समितिले गरेको र पछिको काम सडक विभागको सुर्खेत र चौरजहारी डिभिजन कार्यालयले गरेको हो। खलंगा पाँचकटिया सडक निर्माणको विषयलाई लिएर सडक विभाग र जिल्ला विकास समितिबीचमा आरोप प्रत्यारोप चलेको छ। स्थानीय विकास अधिकारी इन्द्र गौतम सडक विभागले गल्ती गरेका कारण खलंगा पाँचकटिया सडकमा गाडी गुड्न नसकेको बताउँछन्। गलत प्राविधिक इस्टिमेटका कारण सडकमा साँघुरो मोड बनेको तथा गुणस्तरीय काम नएका कारण समस्या भएको गौतमले जनाए। सडक बनेर पनि गाडी चल्ने अवस्था नहुनु सवै सडक विभागको कमजोरी हो,' उनले भने। उता सडक विभाग डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर प्रमोद खतिवडाले जिल्ला विकास समितिले नै ट्रयाक खोलेको र इस्टिमेट बनाएकोले आफूहरुले सोही अनुसार काम गरेको बताए ।सुरुमा जिल्ला विकास समितिले गरेको कामलाई नै आँफूहरुले निरन्तरता दिएको भन्दै इन्जिनियर खतिवडालेपछि इस्टिमेट परिवर्तन गरेर काम गरौं भन्दा जिल्लाका सरोकारवालाले नमानेको जिकिर गरे। 'सुरुमा जसरी काम भएको थियो त्यसै अनुसार काम गरियो,' उनले भने, 'सडक बिग्रनुमा हाम्रो कुनै दोष छैन ।' खलंगा पाँचकटिया सडक खण्डको अधिकांश भाग निकै साँघुरो भएको र मोडहरुमा साना गाडीहरु नै चल्न नसक्ने अवस्था रहेको स्थानीय यातायात व्यावसायी नेत्रवहादुर बस्नेतले बताए। 'साना जीप त गुडाउन सकिँदैन बस गुडाउन झन सम्भव नै छैन,' उनले भने। बाहुनथान, राङसी, पोख्रा, गारराङसी र नाउली हुँदै जाने सडकका मोडमा मोटर साइकल मोडन पनि समस्या हुने उनले जनाए। बाटो बनेको ५ वर्ष वितिसक्दा पनि गाउँमा बस नआएको भन्दै सरकारले सडक निर्माणमा घोटाला गर्नेलाई कारवाही गर्नु पर्ने ढिमे पाँचकटियाका स्थानीय डिल्लीवहादुर थापाले बताए। खलंगा पाँचकटिया सडक निर्माणकालागि तीन वर्ष अघि ३ करोडको वजेटमा टेन्डर आह्वान गर्दा ८२ लाखमा टेन्डर स्वीकृत गरेर सडक विभागले बेइमानी गरेको उनको भनाइ छ । यस बारेमा सडक विभागको सुर्खेत डिभिजन कार्यालयका इन्जिनियर खतिवडाले निर्माण व्यावसायीले नै कम मुल्यमा प्रस्ताव हालेको र यसमा सडक डिभिजनको कुनै दोष नभएको बताए।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger