एजेन्सी, ३२ जेठ । रंगीन दुनियाँमा बेला बेला विभिन्न खालका घटना घट्ने गरेका छन् । कोहि नायिका चल्नका लागि भन्दै नांगिदै पर्दामा देखिन्छन् त कोहि नांगिनुु पर्यो भन्दै सिनेमा छाडेर हिड्ने गरेका छन् । बलिउडमा केहि सिनेमा खेलेर पनि त्यति चर्चामा आउन नसकेकी बलिउड अभिनेत्री चित्रांगदा सिंहले सेक्स सिन दिन इन्कार गर्दै छायाँकन स्थलबाटै सुटिङ छाडेर हिडेकी छिन् ।
चलचित्र ‘बाबुमोशाय बन्दुकबाज’को सुटिङका क्रममा निर्देशक कुशान नन्दी चलचित्रका नायक नवाजुद्दिन सिद्धकीसँग सेक्स सिनको माग गरेपछि चलचित्र सेटबाट बाहिरिएकी हुन् । पहिलो टेक मन नपराएर निर्देशकले चित्रांगदालाई नवाजको माथि आउन चढेर रिटेक दिन भनेपछि चित्रांगदाले रुदै चलचित्रको सेट छाडेर बाहिरिएको खबर छ ।
त्यो बेला नायिकाले पेटिकोट मात्रै लगाएकी थिईन । एउटै सिनका लागि निर्देशकले पटक पटक रिटेक गर्न लगाएपछि फिल्मका नायक पनि निर्देशकसँग रुष्ट रहेको नायिकाले एक अन्तर्वार्ताका क्रममा बताएकी छिन् । नायिकाले फिल्म क्षेत्रमा यो फिल्म आफ्ना लागि सबैभन्दा नराम्रो अनुुभव रहेको बताईरहदा निर्देशकले भने नायिकाले आफ्नो बद्नाम मात्रै गर्न खोजेको बताएका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment