काठमाडौं, जेठ ३१ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
उक्त पार्टीका कार्यकर्ताले एनसेलका १० वटा बेस स्टेशन र वर्ल्ड भिजन इन्टरनेशनलको कार्यालयमा आगो लगाइदिएपछि गृहमन्त्रीले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रालयमा डाकेर अराजक गतिविधि गर्ने र कानुन हातमा लिनेमाथि कारवाही गर्न निर्देशन दिएका हुन् ।
प्रहरी प्रधान कार्यालयले शनिबार देशभरका प्रहरी कार्यालयलाई विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता र उनीहरुका गतिविधिलाई विशेष निगरानी गर्नु भन्दै परिपत्र पनि गरेको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment