Headlines News :
Home » » यस्तो पनि हुदो रहेछ ब्वाईफ्रेण्डलाई किस गर्दा युवतीको ज्यानै गयो..

यस्तो पनि हुदो रहेछ ब्वाईफ्रेण्डलाई किस गर्दा युवतीको ज्यानै गयो..

Written By news on Sunday, 12 June 2016 | 22:16

कहिलेकाँही यस्तो पनि हुदो रहेछ । जहाँ एक युवतीले आफ्ना ब्वाईफ्रेण्डलाई किस गर्दा उनको मृत्यु भयो ।
यो खबर पत्याउनै गाह्रो छ । तर, यो क्यानडामा भएको यथार्थ घटना हो । क्यानडाको मन्ट्रियालकी २० वर्षीय युवतीलाई नट्स (मुम्फली) देखि एलर्जी थियो । र उनका ब्वाईफ्रेण्डले पीनट (मुम्फली) बटर वाला सैण्डबीच (पाउरोटी) खाएका थिए ।
मिरियम डुक्रे लेमए नामकी यी युवती अक्टुबर २०१२ मा एक पार्टीमा गएकी थिइन् । त्यही यो दुःखद घटना भएको थियो ।
मिरियमकी आमा मिशेलिन डुक्रेले क्यानडियन पत्रिका ‘जनरल डि क्यूबेक’सँग कुराकानी गर्दै कुनै वस्तुको एलर्जीका बारेमा नजान्दा कति खतरनाक हुन्छ भन्ने कुरा यो घटनाले सिकाइएको बताइन् । उनले ब्वाईफ्रेण्डसँग आफ्नी छोरीको नयाँ नयाँ सम्बन्ध भएकाले उसले आफ्नो एलर्जीको बारेमा बताउन नसकेको मिशेलिनले स्वीकारिन् । ‘मेरी छोरीको अवस्था सामान्य थियो तर, आफ्नो प्रेमीलाई समस्या नबताउँदा दुःखद घटना हुन पुग्यो’ उनले भनिन् ।
यसरी भयो घटनाः
त्यसदिन पार्टी सकिएपछि मिरियम आफ्ना ब्वाईफ्रेण्डको घर गइन् । त्यहाँ ब्वाईफ्रेण्डले बेड (खाट)मा जानुभन्दा पहिला पीनट वटर सैण्डबीच खाएर दाँत माझे । त्यसपछि किस गरे । ब्वाईफ्रेण्डले किस गरेको केही मिनटमै उनको अवस्था विग्रियो । उनलाई सांस लिन समेत अप्ठेरो भयो । कोारेनर्स रिपोर्ट १९१४ अनुसार मिरियमको एस्मा इनहेलर (औषधि)ले पनि कुनै काम गरेन् । मिरियमले त्यहीबेला ब्वाइफ्रेण्डलाई सोधिन तिमीले पीनट्स (मुम्फली) खाएका थियौं । त्यो बेला मिरियमसँग ईपिपेन पनि थिएन् जो एनेफाइलेक्सिसको इमरजेन्सी टिट्रमेन्टको काम गर्छ । त्यसपछि मिलियमको हालत झनै विग्रिन थाल्यो । ब्वाईफ्रेण्डले बोलाएको ८ मिनेटमा एम्बुलेन्स आइपुग्यो । अस्पतालमा पुगाएपछि डाक्टरहरुले उनको ज्यान बचाउने कोसिस गरे तर उनले सेरेब्रल एनोक्सियाका कारण अस्पतालमै अन्तिम सास लिइन् । मिरियमको मस्तिष्कमा अक्सिजनको सप्लाई बन्द भइसकेको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger