Headlines News :
Home » » जर्मनीसँगै पोल्याण्ड र कोएशियाको युरो कप फुटबलमा विजयी सुरुवात..

जर्मनीसँगै पोल्याण्ड र कोएशियाको युरो कप फुटबलमा विजयी सुरुवात..

Written By news on Sunday, 12 June 2016 | 21:34

पेरिस, जेठ ३१ । दाबेदार जर्मनीसँगै पोल्याण्ड र क्रोएशियाले फ्रान्समा जारी युरो कप फुटबलमा विजयी सुरुवात गरेका छन् ।

गएराति भएको खेलमा तीन पटकको युरो कप बिजेता जर्मनीले युक्रेनलाई २–० ले हरायो । खेलमा जर्मनीलाई विजयी गराउन मुस्ताफी र स्वेन्सटाईगरले एक–एक गोल गरे ।


यही समुहको अर्को खेलमा पोल्याण्डले नर्दन आयरल्याण्डलाई १–० ले हरायो । पोल्याण्डका लागि मिलिकले ५१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

युरोकप फुटबलमा पोल्याण्डको यो पहिलो जित हो । तेस्रो पटक युरोकप खेलिरहेको पोल्याण्डले अहिलेसम्म एउटा पनि खेल जित्न सकेको थिएन ।

युरो कप फुटबलअन्तर्गत हिजो बेलुकी भएको समूह डी को खेलमा क्रोएशियाले टर्कीलाई १–० ले हरायो । खेलमा क्रोएशियालाई विजयी गराउन लुका मोड्रिचले आकर्षक गोल गरे ।

युरो कप फुटबलमा आज राति तीन खेल हुनेछन् । नेपाली समय अनुसार बेलुकी पौने ७ बजे हुने खेलमा स्पेन र चेक गणतन्त्र भिड्ने छन् । यसैगरी बेलुकी पौने १० बजे आयरल्याण्ड र स्विडेन भिड्नेछन् भने राति पौने १ बजे ईटालीले बेल्जियमसँग खेल्नेछ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger