|
|
आफ्नै बहिनीको हत्या भएको पिडामा डुबेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरले आफ्नो बहिनीलाई न्याय दिलाउन लड्ने प्रतिक्रिया दिएका छन् । बिमलले आफ्नो फेसबुक स्टाटस्मा लेखेका छन्ः‘आजसम्म देशको लागि लडें, अब बहिनीको लागि लड्छु ।’ विमलले आफ्नी बहिनी मनिषाको‘ हत्या’ गर्नेमाथि कारवाही गर्नुपर्ने माग गरेका छन् ।
फेसबुक स्टाटस्मा विमलले लेखेका छन्ः‘ सानो छँदा बाबु गुमाएँ । बाबु पनि देशको लागि लड्नुहुन्थ्यो । बिस्तारै त्यो पीडा भुल्दै जाँदा आज १० वर्ष भएको थियो । आज अर्को पीडा थपियो मेरो परिवारमा । मैले पनि देशका लागि कति गरेँ, तर मेरो घरमा यस्तो हुँदा सरकारले केही गरेन भने यो देशका लागि गरेर के काम ? एउटा आज देशको लागि गर्ने मान्छे सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरी बस्नु यो नेपालमा ? मेरो बहिनीको हत्या गर्ने मान्छेलाई कारवाही भएन भने यो देशको लागि के गर्नु । आज म रोइरहेको छु, भोलि अरु कोही रोइरहेको होला । मलाई सबको साथ चाहिएको छ । अब देशको लागि लडें अब बहिनीको लागि लड्छु ।’
|
|
Post a Comment