|
|
जनकपुरः
सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्र लिएका डाक्टरहरु छानविन गर्न सुरु गरे पछि नक्कली शैक्षिक प्रमाणपत्र लिएका डाक्टरहरु धमाधम समातिन थालेका छन् । कहि दिन अगाडी मात्रै ३६ जना नक्कली डाक्टर समातिएका थिए । त्यस्तै महोत्तरी, भ्रमपुरा निवासी मोहन शर्माले आफ्नी शिक्षिका छोरी ‘प्रिया शर्मा’को महोत्तरी धिरापुर घर भई हाल जनकपर उपमहानगरपालिका—१० बस्दै आएका लाल ठाकुरका छोराप्रशान्त शर्मासंग बिवाहको तय गरेका थिए । केटा पक्षले दाइजो स्वरुप ६० लाखको माग गरेको थियो । खेती किसानी गर्ने शर्माले छोरीको उज्वल भविष्यलाई हेर्ने भन्दै जग्गा जमिन बेचेर ६० लाख रुपैयाँ जोहो गरी केटा पक्षको बैंक खातामा जम्मा गराए । डाकटरसंग आफ्नो शिक्षीका छोरी विवाह गराउँन पाउँदा केटी पक्षको परिवार पनि खुसी नै थिए ।
विहेको तय भइसकेको थियो । तर, सिआईबीले डाक्टरको नक्कली शैक्षिक प्रमाणपत्र छानविन गर्नु सुरु गरे पछि आफ्नो शैक्षिक प्रमाणपत्र नक्कली परेको कारण शर्मा फरार भएका छन् । केटा फरार भएसंगै केटी पक्षले दिएको दाइजो स्वरुप ६० लाख पनि गुमाएका छन् ।
२०७२ माघ १७ गते केटा र केटीपक्षले यही असार १५ गते विहेको मिति समेत निर्धारण गरिसकेको थियो । तर, विवाहको समय नजिकिँदै जाँदा पनि केटा पक्षको तर्फबाट सरसामान किनमेल वा अन्य कुनै चासो नराखेपछि शर्माको परिवार चिन्तित भयो ।
दाइजोको रकम बुझाएर विहे तय भइसक्दा पनि एक महिनाभन्दा कम समय बाँकी रहँदा समेत ठाकुर परिवारबाट कुनै मतलब नराखेपछि आफुहरुले पटक पटक फोन सम्पर्क गरेर सोधपुछ गरेको प्रियाका भाइ सुभास शर्माले बताए ।
फोनमा समेत उचित जानकारी नपाएपछि मोहन शर्मा आफैँ असार ३ गते ठाकुरपरिवार कहाँ धिरापुर पुगेका थिए ।
तर, त्यहाँ पुग्दा डा. प्रशान्तका बुवा लाल ठाकुरले आफ्नो छोराको अत्तोपत्तो नरहेको बताएपछि शर्मा छाँगाबाट खसेझैं भए । प्रशान्तले चीनबाट एमबीबीएस गरेर जनकपुरको जानकी मेडिकल कलेज अन्तर्गत सञ्चालित सिटी अस्पतालमा कार्यरत रहेपनि पछिल्लो समयमा सिआईबीले नक्कली शैक्षिक प्रमाणपत्र भएका चिकित्सकहरुलाई देशैभरी पक्राउ गरिरहेको अवस्थामा नक्कली प्रमाणपत्रको डरले फरार भएको आशंका गरिएको छ ।
छोरीको विहे तय भइसकेको अवस्थामा यसप्रकार केटा फरार भएपछि दोस्रो पटक पुनः खोजतलास गर्न प्रशान्तको घर पुग्दा उनको परिवारजनले आफुहरुलाई केटी पक्षले कुटपिट गर्न आएको आरोप लगाउँदै प्रहरीमा समेत जानकारी गराएर बद्नामी गराएको थिए ।
यो कुरा प्रहरी प्रशासनसम्म पुगेपछि गाउँका भद्रभलादमी र प्रहरीको रोहबरमा असार ५ गते धिरापुर प्रहरी चौकीमा शर्माले दाइजोस्वरुप ठाकुरपरिवारलाई बुझाएको ६० लाख रुपैयाँ फिर्ता गर्न दबाव दिएपछि प्रशान्तका बुवा लाल ठाकुरले एक करोडको कपाली तमसुक बनाएर आफु छिटै रकम फिर्ता गर्ने सहमति भएको छ ।
|
|
Post a Comment