Headlines News :
Home » » चिनियाँ कम्पनीद्वारा काठमाडौं-पोखरा रेल्वेको सम्भाव्यता अध्ययन मस्यौदा तयार

चिनियाँ कम्पनीद्वारा काठमाडौं-पोखरा रेल्वेको सम्भाव्यता अध्ययन मस्यौदा तयार

Written By news on Tuesday, 7 June 2016 | 05:39

अर्को चिनियाँ कम्पनीद्वारा काठमाडौं-रसुवागढीका लागि निवेदन दर्ता
नेपाल भित्र रेल्वे सेवा निर्माणमा चिनियाँ सरकारले सहयोग गर्ने सहमतिसँगै विभिन्न चिनियाँ कम्पनीले अग्रसरता बढाएका छन्। एउटा चिनियाँ कम्पनीले काठमाडौं-पोखरा रेल्वे लाइनको सम्भाव्यता अध्ययनको मस्यौदा सरकारलाई बुझाएको छ भने अर्को चिनियाँ कम्पनीले रसुवागढी-काठमाडौं रेल्वे लाइनको सम्भाव्यता अध्ययन गर्न प्रधानमन्त्री कार्यालयमा निवेदन पेश गरेको छ। पोखरा विमानस्थलको निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ लिमिटेडले पोखरा–काठमाडौं रेल्वे लाइनको सम्भाव्यता अध्ययनको ड्राफ्ट सरकारलाई बुझाएको छ। ‘ड्राफ्ट रिर्पोट मन्त्रालय हुँदै हामीकहाँ आइपुगेको छ’ रेल्वे विभागका महानिर्देशक अनन्त आचार्यले सेतोपाटीसँग भने ‘हामी अध्ययन गरिरहेको छौं।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत मंसिर १५ गते सो कम्पनीलाई पोखरा–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययन गर्न स्वीकृति दिएको थियो। रसुवागढी–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययन गर्न अर्को चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्टन कर्पोरेशन लिमिटेड (सिआरसिसी)ले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएको छ। सो कम्पनीले दुई हप्ताअघि रसुवाढी–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययन गर्न प्रधानमन्त्री कार्यालयमा निवेदन दिएको र सो निवेदन बोधार्थ आफ्नो विभागमा पनि आएको आचार्यले बताए। ‘कम्पनीका अधिकारीहरूले एक महिनाअघि पनि मलाई भेटेका थिए’, आचार्यले भने ‘हामी सरकारको विश्वासिलो कम्पनी हौं, अहिले सम्भाव्यता अध्ययन गर्छौं। पछि दुई देशका सरकारबीच सम्झौता भए चाइना बैंकसँग सहकार्य गरेर लगानी पनि जुटाउँछौं भन्थे।’ अन्य चिनियाँ कम्पनीले पनि रसुवागढी-काठमाडौं रेल्वेको सम्भाव्यताबारे चासो राखेको आचार्यले बताए। ‘भेरी बबई डाइभर्सन बनाइरहेको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप र विभिन्न जलविद्युत आयोजनामा काम गरिरहेको सिनो हाइड्रो कम्पनीका मान्छेसँग पनि कुरा भएको थियो’ आचार्यले भने ‘तर उहाँहरू औपचारिक रूपमा आइसक्नु भएको छैन।’ जेठ १५ गते संसदमा प्रस्तुत आर्थिक वर्ष २०७३/०७४ बजेटमा रसुवागढी–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययन २ वर्ष भित्र गरिसक्ने उल्लेख गरिएको छ। सोमबार चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एड्माइरल सन जियाङ्गुओले र उपप्रधान तथा रक्षा मन्त्री भीम रावलसँग रक्षा मन्त्रालयमा भएको भेटवार्तामा चिनियाँ पक्ष रसुवागढी, काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल पु¥याउन तत्पर रहेको बताएका थिए। भेटघाटमा सहभागी मन्त्रालयका प्रवक्ता सहसचिव शिवप्रसाद सिम्खडाले भने, ‘उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएका सम्झौता भएका सबै कुरा कार्यान्वयन गर्न चीन तयार रहेको बताउनुभयो।’ यसअघि वैशाख ३० गते चीन सरकारले लाञ्चाउ–सिगात्से रुटलाई नेपालमा सामान ओर्सानका लागि ‘डेडिकेटेड लाइन’ तोकेको थियो। चीनले सन् २०२० सम्म सिगात्सेबाट केरुङसम्म रेल सेवा विस्तार गर्ने योजनाका साथ काम गरिरहेको छ। सेतोपाटीबाट –

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger