Headlines News :
Home » » स्वेता महतो भन्छिन के महिलाको इज्जत उनको योनीमा हुन्छ ?

स्वेता महतो भन्छिन के महिलाको इज्जत उनको योनीमा हुन्छ ?

Written By news on Tuesday, 7 June 2016 | 05:32

नेपालमा अक्सर महिलाको स्वाभिमान, उसको इज्जत वा प्रतिष्ठालाई उसको कुमारीत्व वा योनीसँग जोडेर हेर्ने रुडीवादी चलन छ । हाम्रो समाजमा कुमारी हुनु वा नहनुमा महिलाको प्रतिष्ठा खोज्नेहरुको भीड ठुलै छ ।
पुरुषहरुका लागि जति खुला छ, त्यति कुण्ठित छ समाज महिलाहरुका लागि । यहि सन्दर्भलाई लिएर स्वेता महतोले ब्लग लेखेकी छिन् । उनले ब्लग यस्तो छः म १८ वर्षकी नेँहा कार्की हु । मेरो गतिविधीहरु जो कोहीलार्इ अनौठो लाग्नु स्वाभाबिकै होला तर म त्यस्तो अनौठो प्रकारको व्यक्ति नभइ म सामान्य व्यक्ति हुँ । तर मलाइ यस्तो अनौठो व्यक्ति वनाउन हाम्रो समाजकै दोस छ । मेरा थुप्रै सपनाहरु थिए जुन सपनाहरु तपाई हामि बस्ने समाजले नै मारीदिएको छ ।

मेरो शरीर अझै पनि जीवित छ तर मेरो अस्मिता लुटिएको छ । कसरी समाज हत्यारा वन्न सक्छ भन्ने प्रश्न तपाइमा आउन सक्छ । तथापी समाज भन्नाले हामीलार्इ हुर्किन वढ्न र हिडडुल गर्न उपयुत्त वातावरण भएको ठाउँ भन्ने वुझिन्छ । तर मेरो सवालमा समाजले मेरो चरीत्र हत्या गरीदिएको छ र मेरो शरीर लाश जस्तै आत्मा विनाको वनेको छ । Captureमेरो के नै गल्ती थियो र के महिला भएर जन्मनुनै एउटा अभिशाप हो त ? जसको ईज्जत शरीरको एउटा सामान्य अगं (योनी)मा हुँदोरहेछ । मेरो शरीर त्यस्ता पुरुषवाट बलात्कृत भएको छु जो आफ्नो मर्दपन म जस्ता अवोध नारीहरुको अस्मिता लुटेर देखाउन चाहन्छ । तर समाज हाम्रा यस्ता कुराहरुमा मौन देखीन्छन । तर के अव म न्याय नखोजी मौन बँसौ अह म न्याय खोज्छु भनी लागी परे तर न्याय खोज्ने क्रममा म झन् समाजवाटै उल्टो तिरस्कृत हुन पुगे । मैले यो पत्र नयाँ वर्षमा सवैले आफ्नो नयाँ कार्यको थालानी गर्ने दिन लेख्दैछु हामा्रे समाजलाई जसलाइ म न्याय र आत्मसम्मान के हो भन्ने कुरा सोध्नका लागी ।

के वलात्कृत हुनुमा मेरो दोषी छु त ? त्यसो भए मलाइ किन समाजमा घृणीत जीवन जीउन वाध्य छु ? जब बलात्कार गर्नेहरु केही दिनको जेल सजायपछि इज्जतदार र निर्भिकतासाथ समाजमा हिडडुल गर्दछन् । किन हामि जस्ता महिलाहरुको इज्जत एउटा शरीरको सामान्य अगंमा राखीन्छ ? किन हामीले कानर्यदक्षताका आधारमा गरीँदैन ? के हाम्रो कामको मुल्यांकन हुन्न ? वलात्कारीहरुको इज्जत कसरी जोगीयो र हामी बलात्कृत हुने पीडितको इज्जत कसरी गुम्यो त ? के पुरुषप्रधान समाजमा महिलाहरुको अस्मिता लुटिदा र महिललाइ नंग्याउदा त्यहाँ मर्दपन हुन्छ ? यो प्रश्न मेरो समाजलार्इ जुन प्रश्न म मेरो शरीरलार्इ विष पिलाउनु अघि राख्दैछु र म यो पुरुषप्रधान समाजको मुल्य मान्यता र वन्धनवाट टाढिदै छु । मेरो कामाना छ अर्को जन्ममा म महीला नभइ पुरुष भइ जन्मन पाउ जसले गर्दा मेरो इज्जत योनीमा सिमीत नहोस ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger