Headlines News :
Home » » गर्लफ्रेन्ड पाउन आफ्नै श्रीमतीको अस्लिल भिडियो खिचेर सामाजिक संजालमा हाले पछि यसरि भयो हंगामा

गर्लफ्रेन्ड पाउन आफ्नै श्रीमतीको अस्लिल भिडियो खिचेर सामाजिक संजालमा हाले पछि यसरि भयो हंगामा

Written By news on Tuesday, 7 June 2016 | 05:55

काठमाडौं / करिब सात वर्षअघि अस्ट्रेलियाको भिसा लागेपछि नवलपरासीका युवराज अधिकारी ‘पेपर म्यारिज’ गरी प्रेमिकालाई पनि ‘डिपेन्डेन्ट’ भिसामा अस्ट्रेलिया लिएर गए ।

अस्ट्रेलिया पुगेर धुमधामसाथ बिहे गरे । करिब दुई वर्षको अस्ट्रेलिया बसाइँपछि सम्बन्धमा दरार आउन थाल्यो । दैनिक झगडा हुन थालेपछि उनीहरू सम्बन्ध–विच्छेद (डिभोर्स) गर्ने निर्णयमा पुगे ।


युवराज नेपाल फर्किनुपर्ने भयो । उनी मन नहुँदा–नहुँदै नेपाल फर्कन बाध्य भए । जसका कारण पूर्वपत्नीमाथि प्रतिशोध लिने निर्णयमा पुगे ।

आफैँले भिडियो खिचेर प्रतिशोध

पूर्वश्रीमतीकै कारण उनले अस्ट्रेलिया छाड्नुपरेको थियो । त्यसको बदला लिन उनले फेसबुक र पोर्नसाइट (अश्लील भिडियो राखिने वेबसाइट) रोजे ।

सम्बन्ध राम्रो भएका वेला उनले श्रीमतीलाई थाहै नदिई केही गोप्य भिडियो खिचेका थिए । तिनै भिडियो उनले पोर्नसाइटमा अपलोड गरिदिए । उनी त्यतिमा मात्र रोकिएनन्, पूर्वपत्नीको नाममा नक्कली फेसबुक आइडी बनाएर त्यसबाट उनले सेयर गरे ।

फेसबुकमा अश्लील भिडियोका लिंक सेयर भएपछि त्यो भइरल भयो । त्यो खबर युवराजकी पूर्वपत्नीले पनि आफ्ना साथीमार्फत थाहा पाइन् । र, युवराजलाई फोन गरेर सोधखोज गरिन् । तर, आफूलाई केही थाहा नभएको बताएर उनी पन्छिए । पोर्नसाइटमा अश्लील भिडियो राखिएको कुरा नेपालमा रहेका परिवारजनले पनि थाहा पाए ।

त्यसपछि उनीहरू महानगरीय अपराध महाशाखामा उजुरी गर्न पुगे । महानगरीय अपराध महाशाखाले विस्तृत अनुसन्धान गर्दा युवराजले नै पोस्ट गरेको खुल्यो । प्रहरीले उनलाई शुक्रबार उनी पक्राउ गर्‍यो । प्रहरीले युवराजमाथि आइतबार विद्युतीय कारोबार ऐनअनुसार अदालतमा म्याद थप गरी कारबाही अघि बढाएको छ ।

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार प्रतिशोधकै लागि उनले पूर्वपत्नीसँगका अश्लील भिडियो र फोटो पोस्ट गरेको खुलेको छ । चार वर्षअघि पनि त्यस्तै हर्कत करिब चार वर्षअघि पनि युवराजले ती भिडियो पोर्नसाइटमा हालेका थिए । त्यसवेला भिडियो हटाएपछि उनीहरूबीच विवाद मिलेको थियो ।

गत महिना फेरि भिडियो पोर्नसाइट र फेसबुकमा आएपछि पीडित परिवार प्रहरीमा उजुरी गर्न पुगेको थियो । अनुसन्धानका क्रममा युवराजले पूर्वपत्नीकै कारण अस्ट्रेलिया छाड्नपरेकाले बदला लिन भिडियो अपलोड गरेको बयान प्रहरीलाई दिएका छन् । तर, पीडित परिवारले भने आपराधिक गतिविधिमा संलग्न भएकाले युवराजलाई अस्ट्रेलियन सरकारले डिपोर्ट गरेको दाबी गरेको छ ।

अस्ट्रेलियाबाट फर्केर केही समय भारत बसेका युवराजले नेपाल आएर तीन महिनाअघि मात्र विवाह गरेका छन् । प्रेम–सम्बन्धमा विवाद भएपछि पछिल्लो समय फेसबुक तथा पोर्नसाइटहरूमा भिडियो र फोटो राखी प्रतिशोध लिने–बार्गेनिङ गर्ने घटना बढेका छन् । त्यस्ता उजुरी प्रहरीमा बढ्न थालेको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger